कुवेतमा मानसिक सन्तुलन गुमाएकी अनीशा ७ बर्षपछि नेपाल फर्किइन्

कुवेतमा मानसिक सन्तुलन गुमाएकी अनीशा ७ बर्षपछि नेपाल फर्किइन्

प्रदिप नेपाली

कुवेत, चैत ११ – कुवेतमा मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा कुवेतको अल सभा अस्पतालमा उपचार गराईरहेकी अनीशा बिक सात बर्ष पछि आज नेपाल पुगेकी छिन् ।

सिन्धुपाल्चोक मार्मिंग गाबिस–५ घर भएकी अनीशा बिक दुताबासको अथक प्रयासमा कुवेत रेडक्रसको सहयोगमा एक नर्सको साथमा आज बिहान १० बजे नेपाल पुगेकी नेपाली दुताबास कुवेतका प्रतिनिधि सेराज महमदले जानकारी दिएका छन् ।
२६ बर्षिय अनिशा २०१० मार्चमा भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा कुवेत आएकी थिइन् ।

बिष सेवनका कारण बिगत ३ बर्षदेखि मानसिक सन्तुलन गुमाएकी अनिशालाई दुताबासको आग्रहमा कुवेतको रेडक्रसले जिम्मा लिएपछि एक भारतीय नर्सको साथमा हिजो बेलुका स्थानीय समय अनुसार ८ बजे कुवेतबाट नेपाल पठाउन सफल दुताबासले जनाएको छ ।

आफ्नो र आफन्तको नाम समेत भन्न नसक्ने भएपछि पहिचान नखुलेर अस्पतालमा बेवारिसे बनेकी अनीशाको बारेमा रातोपाटी लगायतमा समाचार आएपछि परिवार सम्पर्कमा आइ उनको खोजी कार्यलाई तीब्र बनाएका थिए ।

छोरीको मुख हेर्न आतुर आमाबाबु तथा परिवारमा अनीशा नेपाल फर्केपछि आज खुसीयाली छाइरहेको बहिनि सर्मिला बिकले बताइन् ।

भारतीय बाटो हुदै अबैध रुपमा साउदी नागरिकले कुवेत ल्यार्इ मालिकले बिभिन्न शारीरिक र मानसिक यातना दिन थालेपछि घर छोडी भाग्न बाध्य भएकी उनलाई स्पोन्सरले कुवेतको रबिया पुलिस स्टेसनमा चोरीको केस हाली दिएको थियो ।

प्रहरीसंग सहकार्य गरी केस मिलाई नेपाल फर्काउन सक्दो पहल गरेपनि अवैध रुपमा रहेकीले बिभिन्न कानुनी प्रक्रिया पुरा नहुदा घर फर्कने सकेकी थिइनन् ।

मानसिक सन्तुलन गुमाएकी अनीशालाई नेपाल फर्काउन पहल गर्ने नेपाली दुताबास कुवेत, एनआरएनए कुवेत, दलित एकता संजाल कुवेत, कुवेतमा क्रियाशील सम्पूर्ण पत्रकारहरु तथा नेपाली समुदायलाई अनिशाका परिवारले धन्यवाद दिएका छन् ।

स्मरण रहोस केहि महिना पहिला नेपाल जान कुवेत विमानस्थल पुर्याइएकि अनिशालाई कानुनी प्रक्रिया पुरा नभएको भन्दै कुवेत विमानस्थलबाटै फर्काउनु परेको थियो ्र

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल