बोस्टन म्याराथनका लागि नेपाली मूलका फोटोपत्रकार आधिकारिक रुपमा नियुक्त

बोस्टन म्याराथनका लागि नेपाली मूलका फोटोपत्रकार आधिकारिक रुपमा नियुक्त

विजय थापा

वाशिंगटन डीसी, चैत ११ – अमेरिकाको बोस्टनमा झन्डै डेढ दशक देखि बस्दै आएका नेपाली मुलका फोटोपत्रकार बिमल नेपाललाई बोस्टन म्याराथन दौड २०१७ को लागि आधिकारिक फोटो पत्रकारको रुपमा नियुक्त गरेको छ ।

बोस्टन बिश्वविद्यालय बाट फोटोग्राफी अध्ययन गरेका नेपाल सम्भवत एक मात्र नेपाली मुलका आधिकारिक रुपमा बोस्टन म्याराथन दौड २०१७ को लागि फोटो पत्रकार छनौट भएका छन् ।
निकै चर्चित यस म्याराथनका लागि आफु उत्साहित भएको उनले बताए ।

आगामी अप्रिल १७ सोमबार प्याट्रीअट डे दिवसको उपलक्ष्यमा बोस्टन म्याराथन दौड २०१७ आयोजना हुने भएको छ र हरेक बर्ष यहि दिन नै आयोजना हुने उक्त दौड बोस्टनका थुप्रै शहरहरुको आतिथ्यमा बार्षिक बोस्टन म्याराथन दौड हुने गर्छ ।

सन् १८९७ बाट सुरु भएको म्याराथन दौड बोस्टन एथलेटिक एसोसिएसन (बिएए) ले व्यवस्थापन गर्दछ ।

यसले करिव पाँच लाख दर्शकलाई आकर्षण गराउँदछ ।
सन् २०१३ को बोस्टन म्याराथन दौडमा भएको बम आक्रमणमा ३ जनाको ज्यान गएको थियो भने करिव २ सय ६४ जना घाइते भएका थिए । उक्त घटना अप्रिल १५ २०१३ का दिन दौडको अन्तिम रेखा नजिकै बम पडकिएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल