अनेसास रिजनल टुर २०१७ सम्पन्न

अनेसास रिजनल टुर २०१७ सम्पन्न

महेश्वर शर्मा

अस्ट्रेलिया, चैत १०–अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लू अस्ट्रेलियाको आयोजना र एसिटी एनआरएनए क्यनबेराको सहकार्यमा ‘अनेसास रिजनल, टुर २०१७’ भव्यताका साथ सम्पन्न भएको छ ।

२०१७ मार्च १८ शनिबार सम्पन्न सो कार्यक्रममा सिड्नी र अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेका साहित्यकारहरुको साहित्यिक प्रस्तुति र जमघट भयो ।

शनिबार बिहान करिब ८ः३० बजे सिड्नीमा रहेका साहित्य अनुरागीहरुसँगै सिड्नीस्थित क्याम्सीबाट तय गरिएको यात्रा क्यानबेरा नपुगुन्जेल साहित्यमय बन्यो । खचाखच भरिएको बसमा सबैले हातमा रचना लिएका थिए । चौध वर्षकी बालिकादेखि ७० वर्षसम्मका बुबाआमाको उपस्थित रहेको त्यो माहोलमा अनेसास केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटाले बसमा साहित्यिक माहोललाई थप रोचक बनाएका थिए । सापकोटाले गीतको लयमा सम्बोधन गर्दै यात्रा यादगार बनाएका थिए ।

अनेसास एनएसडब्लूकी अध्यक्ष सानु घिमिरेले साहित्यकारहरुको स्वागत गर्दै क्यन्बेरा टुरको बारेमा जानकारी दिईन । अध्यक्ष घिमिरेले यात्रामै ग्रहण कविता सङ्ग्रहबाट चोटिलो कविता वाचन गरेकी थिइन् ।

यस क्रममा बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, साहित्यकार केदार पोखरेल, अनलाइन खबरबाट पत्रकार मनऋषि धिताल, साहित्यकार सुरेन्द्र दवाडी, आलोक कोइराला, निरज जोशी, देव पाठक, सजल नयन, प्रवीन टन्डन, सीमा रोसी, अनेसास एनएसडब्लूका उपाध्यक्ष तथा गायक विकास उप्रेती अनेसास एनएसडब्लूका महासचिव महेश्वर शर्मा, अनेसास एनएसडब्लूका सचिव दीपक निरौला, कोषाध्यक्ष ममता तिवारी, इन्द्र आचार्यलगायतका साहित्यकारले रचना वाचन गरेका थिए । सोही यात्राकै क्रममा मादलको धुनमा गायक विकास उप्रेतीले गीतगाएका थिए ।

सोही दिन क्यानबेरा पुगेर त्यहाँका साहित्यानुरागीसँग संयुक्त रुपमा हिउजेज कम्युनिटी हलमा एक दिने वृहत रचना वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अनेसास एनएसडब्लूकी अध्यक्ष सानु घिमिरेको सभापतित्व रहेको थियो भने कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत राजेन्द्र पान्डे प्रमुख अतिथि हुनुहुन्थ्यो । विशेष अतिथि धु्रवहरि अधिकारीले रचना वाचन गर्दै यस्ता साहित्यिक कार्यक्रमले नेपालीभाषालाई मलजल गर्न मद्दत पुग्ने बताउनुभयो ।

एनआरएन क्यानवेरा क्विनविनका संयोजक युवराज खनियाको स्वागत मन्तव्य दिनुभएको थियो। सो कार्यक्रममा साहित्यकार केदार पोखरेल, बरिष्ठ पत्रकार ध्रुबवहरि अधिकारी, साहित्यकार केदार पोखरेल, अनलाइन खबरबाट पत्रकार मनऋषि धिताल, साहित्यकार सुरेन्द्र दवाडी, आलोक कोइराला, निरज जोशी, देव पाठक, सजल नयन, प्रवीन टन्डन, सीमा रोसी, अनेसास एनएसडब्लुका उपाध्यक्ष तथा गायक विकास उप्रेती अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्मा, अनेसास एनएसडब्लुका सचिव दीपक निरौला, कोषाध्यक्ष ममता तिवारी, इन्द्र आचार्य, राम चन्द्र अधिकारी (वनवासी), दक्ष राज शर्मा, यज्ञमूर्ति अधिकारी, ओमराज अधिकारी, खगेन्द्र प्रसाद रेग्मी, सिद्धि विनायक, सिर्जना थापा, महेश वशिष्ठ, शकुन्तला देवकोटाले आआफ्नो रचना वाचन गरेका थिए । सोही कार्यक्रममा अनेसास क्यानबेरा च्याप्टर बिस्तार गरी सिद्धि विनायक अधिकारीलाई संयोजक चुनियो । कार्यक्रममा हिमालयन रेडियोका प्रस्तोता तथा पत्रकार टीका कार्की, क्यानबेराका नेपाली समुदायका अगुवा कृष्ण हमालसहित अन्य महानुभावको सहभागिता थियो ।

साही कार्यक्रममा विश्व शान्ति परिषद्का शान्ति दूत भीमसेन सापकोटालाई अभिनन्दन गरियो । अन्तर्र्राष्ट्रिय गैरसरकारी संस्था विश्व शान्ति परिषदको शान्ति दूतमा नियुक्त हुनुभएकोमा बधाइ दिंदै प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत राजेन्द्र पान्डेले संयुक्त रुपमा सम्मान पत्र र खादा लगाई सम्मान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राजदूत पान्डेले नेपाल र अस्ट्रेलियाको दूरी अब नेपाली साहित्यले घटाउन सक्ने बताउनुभयो । यस्ता साहित्यिक यात्राले नेपाली भाषा र साहित्यलाई विश्वभर फैलाउन मद्दत पुग्ने बताउनुभयो । अनेसास एनएसडब्लु र एसिटीको यो प्रयासलाई सह्रानीय गर्दछु भन्नुभयो । साथै उहांले अनेसासप्रति सदैव सहयोग रहिरहने पनि बताउनु भयो ।

सो कार्यक्रमकी सभापति तथा अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमिरेले सबै साहित्यकारहरु, संस्थाका सबै पदाधिकारीहरु, स्पोन्सर दाता, एनआरएन क्यानवेरा क्विनविनका संयोजक युवराज खनियाप्रति विशेष आभार प्रकट गर्नुभयो । साथै अध्यक्ष घिमिरेले आफ्नो रचनासमेत वाचन गरेकी थिइन । सो कार्यक्रमको सञ्चालन अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्माले गरेका थिए । कार्यक्रम सकिएलगत्तै पुनः बसको सिड्नी यात्रा विभिन्न् रचना तथा सङ्गीतले अत्यन्तै सम्झन योग्य रहेको कुरा सहभागीहरुले बताए ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल