दक्षिण सुडानमा विमान दुर्घटना : सबै यात्रु बाँच्न सफल

चैत ८  |   एजेन्सी

दक्षिण सुडानमा विमान दुर्घटना : सबै यात्रु बाँच्न सफल

दक्षिण सुडान – दक्षिण सुडानको उत्तरपश्चिममा रहेको सहर वाउकोवाउ विमानस्थलमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको र विमानमा यात्रारत १४ जना घाइते भएको सुडानी अधिकारीले जनाएका छन् । विमानमा ४३ जना यात्रु सवार रहेकोमा सबै यात्रु बाँच्न सफल भएका छन् ।

१४ जनालाई घाइते अवस्थामा अस्पताल लगिएको छ । उनीहरुको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर तर स्थिर अवस्थामा रहेको अस्पतालले जानकारी गराएको दक्षिण सुडानका सूचना मन्त्री गाउ डेन्सिओले बताए ।

साउथ सुप्रिम विमानकम्पनीको विमान जुवाबाट वाउका लागि छुटेको थियो भने अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

“मेरो विचारमा चालकले मौसमको कारण विमानस्थलको धावनमार्गलाई राम्ररी देख्न नसकेकाले दुर्घटनाग्रस्त हुनपुगेको छ,” वाउ विमानस्थलका इन्जिनियर पर्ल चाल्र्सले बताए ।

अवतरणका समय धावनमार्गमा विमानबाट बाक्लो कालो मुस्लो निस्केको दृश्य स्थानीय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ । विमानको पछिल्लो केही भाग बाहेक सवै जलेर नस्टभएको छ ।

विमानमा कति यात्रु थिए र कसैको मृत्यु भएको वा नभएको भन्ने विषयमा विस्तृत विवरण प्राप्त भइनसकेको बताइएको छ ।

तर चिनियाँ समाचार संस्था सिन्ह्वाले विमानमा ४४ जना यात्रु रहेको बताइएको छ । विमानमा यात्रारत् सबैजनाको मृत्यु भएको आशङ्का गरिएको सिन्ह्वाद्वारा सम्प्रेशित प्रारम्भिक खवरमा जनाइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल