पाटा नेपालद्धारा युथ ट्यालेन्ट क्वेष्ट २०१७ आरम्भ

चैत २  |   रातोपाटी

पाटा नेपालद्धारा युथ ट्यालेन्ट क्वेष्ट २०१७ आरम्भ

काठमाडौं – प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले नेपाली पर्यटन क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउन युथ ट्यालेन्ट क्वेष्ट आरम्भ गरेको छ ।
पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा “पाटा नेपाल युथ ट्यालेन्ट क्वेस्ट २०१७” सुरु गरेको आयोजकले जनाएको छ ।
उक्त अभियान विद्यार्थीहरुका लागि आफ्नो योग्यता, क्षमता र सिप प्रश्तुत गरी महत्वपूर्ण उपलब्धीहरु प्राप्त गर्न एक उपयुक्त माध्यमको रुपमा लिईएको जनाएको छ । उक्त अभियान अन्र्तगत “पब्लिक स्पिकिङ्ग” शिर्षकको पहिलो प्रतियोगिता आज काठमाण्डौको मण्डिखाटार स्थित गेट कलेजमा सम्पन्न भएको छ, जसमा पाटा नेपाल च्याप्टर सदस्य शैक्षिक संस्थाहरु गेट, नाथम, क्याथ, एनसिटिटिएम, मिडभ्याली, पब्लिक युथ र आईएसटिबाट १५ जना बिद्यार्थीहरुले भाग लिएका थिए ।
सहभागिहरुमध्ये आईएसटि कलेजकी छात्रा पेरिश्मा शर्मा विजयी भएकी छिन् । विजेताले पुरस्कार स्वरुप आगामी मे १८–२१ मा श्रीलङ्कामा आयोजना हुने पाटा एनुअल समिट् २०१७ मा पाटा नेपालको सौजन्यमा सहभागि हुने अवसर प्राप्त गरेकी छिन् ।
सो कार्यक्रममा संस्कृती पर्यटन तथा नागरीक उड्डयान मन्त्रालयका पूर्व–सचिव श्री दिपेन्द्र पुरुष ढकाल, नाथम कलेजका भूपु प्राचार्य श्री उज्वल सत्याल र भोग एड् एण्ड ईभेन्ट म्यानेजम्यान्टका प्रमुख कार्यकारी अधिकृत श्री प्रभात रिमाल ज्यूले निर्णायक मण्डलको भुमिका निर्वाह गरेका थिए ।
निर्णायक मण्डलका तर्फबाट बोल्दै श्री दिपेन्द्र पुरुष ढकालले पाटा नेपालले नेपाली पर्यटन क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण एवं आवश्यक पहल अघि सारेको बताए ।

नेपाललाई अन्य गन्तब्यहरुसंगको प्याकेजमा भन्दा एक आत्मनिर्भर गन्तब्यको रुपमा प्रर्वद्धन गर्नुपर्ने खाँचो रहेको बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल