बिहान ८ बज्नुभन्दा पहिले गर्नुहोस् यी काम, अत्यधिक घट्छ तौल

फागुन २६  |   एजेन्सी

बिहान ८ बज्नुभन्दा पहिले गर्नुहोस् यी काम, अत्यधिक घट्छ तौल

द युनिभर्सिटी कलेज, लण्डनको एक शोध अनुसार तौल नियन्त्रणमा राख्नका लागि शरिरको मेटाबोलिजम रेट राम्रो हुन आवश्यक छ । यसले बोसो घटाउने प्रक्रियालाई गतिशील बनाउँछ जसले शरिरमा बोसो जम्मा हुनबाट रोक्छ । यस्तो अवस्थामा यदि हामी बिहान केही क्रियाकलाप र खान पिनमा ध्यान दिन्छौं भने तौललाई निकै सजिलै नियन्त्रणमा राख्न सक्छौं ।

मनतातो पानीः

बिहान उठ्ने बित्तिकै खाली पेटमा एक ग्लास मनतातो पानी पिउनुहोस् । यसले शरिरको टक्सिन बाहिर निकाल्न र शरिरमा बोसो घटाउनका लागि मद्दत गर्दछ ।

बिहानको घामः

दैनिक बिहान १५ देखि २० मिनेट घाममा बस्दा मेटाबोलिजम बढ्ने गर्दछ । यसले पनि तौल नियन्त्रण गर्न सहयोग गर्दछ ।

ग्रिन टीः

बिहान दुध हालेको चियाभन्दा चिनी नहालेको ग्रिन टी वा हर्बल टी पिउनुहोस् । यसमा पाइने एन्टिअक्सिडेन्टले बोसो घटाउने प्रक्रियालाई तेज बनाउँछ ।

दैनिका बिहान ३० मिनेट मज्जाले हिँड्नुहोस् वा व्यायाम गर्नुहोस् । यसले फ्याट बर्न गर्छ र शरिरको क्रियाकलापलाई राम्रो बनाउँछ । यसले तौल घटाउन सहयोग गर्दछ ।

कागती पानीः

व्यायाम पछि एक ग्लास कागती पानी पिउनुहोस् । यसले पाचन क्रियालाई बलियो बनाउँछ र शरिरमा बोसो जम्मा हुन दिँदैन ।

ध्यानः

दैनिक बिहान १० मिनटेसम्म ध्यान गर्नुहोस् । यसले तनाव कम गर्छ र तौल नियन्त्रण गर्न मद्दत गर्दछ ।

प्रोटिनयुक्त नास्ताः

दैनिक बिहान नास्तामा अण्डा, दुध, ओट्स, पनिर, चिजजस्ता खानेकुरा खानुहोस् । यसमा प्रेटिनको प्रचुर मात्रा हुन्छ जसले तौल घटाउन सहयोग गर्दछ ।

तौल घटाउनुभन्दा पहिले यी कुरा ध्यानमा राख्नुहोस्ः

धेरै व्यायाम नगर्नुहोस्ः

धेरै तौल घटाउने चक्करमा धेरै व्यायाम गर्ने गल्ती नगर्नुहोस् । यसले कमजोरी, थकान, मांसपेशी दुखाईजस्तो समस्या हुनसक्छ ।

धेरै डाइटिङ नगर्नुहोस्ः

तौल कम गर्नका लागि डाइटिङको नाममा केही पनि नखाँदा यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । यसले तौल कम गर्नुको साटो तपाईंलाई रोगको शिकारी बनाउँछ ।

सर्टकट नअपनाउनुहोस्ः

धेरै तौल घटाउने चक्करमा फूड सप्लिमेन्ट खानु, आवश्यकता नहुँदा पनि शल्यक्रिया नगराउने जस्ता शर्टकटले तपाईंलाई फाइदाको साटो नोक्सानी पुर्याउँछ ।

रक्सी नखानुहोस्ः

रक्सी र बियरमा धेरै क्यालोरी हुन्छ । यसले तौल बढाउँछ । त्यसकारण रक्सी नखानुहोस् ।

पर्याप्त निदाउनुहोस्ः

दैनिक कम्तीमा पनि ७ घण्टा निदाउँदा तौल घट्न सहयोग गर्दछ । त्यसकारण पर्याप्त सुत्नुहोस् ।

ब्रेकफास्ट वा बेलुकाको खाना नछोड्नुहोस्ः

तौल घटाउने चक्करमा ब्रेकफास्ट वा डिनर नछोड्नुहोस् । यसो गर्दा धेरै भोक लाग्छ र धेरै खान्छौं जसले तौल घटाउँछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल