यो हो बर्डफ्लुबाट बच्ने उपाय

यो हो बर्डफ्लुबाट बच्ने उपाय

डा. मनोजकुमार शाही , पशु चिकित्सक , पशुसेवा विभाग, हरिहरभवन, ललितपुर

बर्डफ्लु पन्छीबाट पन्छीमा र पन्छीबाट मानिसमा भाइरसबाट लाग्ने महामारी रोग हो । यसलाई एभिएन इन्फ्लुन्जा पनि भनिन्छ । दाना वा पानीको माध्यमबाट यो भाइरस अत्यन्त तीव्र गतिमा फैली धेरैको ज्यानलिन सक्ने भएकाले बर्डफ्लुलाई प्राणघातक रोग पनि भनिन्छ ।

यो रोग सर्वप्रथम सन् १९७८ मा पन्छीमा र सन् १९९७ मा मानिसमा देखिएको हो । बर्डफ्लुको सङ्क्रमण भेटिएको विश्वको पछिल्लो ६६औँ मुलुक हो नेपाल । थाइल्यान्ड, बङ्गलादेश र इन्डोनेसियामा यसले विकराल अवस्था निम्त्याएको छ । २००९ मा नेपालमा पहिलो पटक झापामा बर्डफ्लु देखियको थियो भने यही २०७३ फाल्गुन १२ गते पोखराको खल्तेमसिनीमा यो रोग देखापरिसकेको छ । यो अवस्थामा यो रोगको बारेमा सजक हुन आवस्यक छ ।

खोकीको सङ्क्रमण जस्तै हो बर्डफ्लु, जसले कुखुरा तथा पक्षीहरूमा विभिन्न समस्या निम्त्याउँछ । बर्डफ्लुको भाइरस कुखुराको मासु, प्वाँख, सिँगान, र्याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्दछ ।

रोग लागेका चारालाई नछुने
रोग लागेको वा मरेको चराबाट टाढा रहनुहोस् । कुनै पनि चरा चाहे घरपालुवा होस् या जङ्गली, मरेको वा बिरामी देख्नुभएको छ भने नछुनुहोस् । टाढाबाट मात्र नियाल्नु पर्छ, नजिक गएर छोएर सहयोग गर्ने कार्य नगर्नुहोस् । यदि पन्छीलाई छोइसक्नुभएको छ भने तत्काल साबुन पानीले हात धुनुहोस् । हात धुँदा तातोपानी र साबुन वा कुनै ६०५ अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्नुहोस् । चरा मरेको वा बिरामी भएर बसेको ठाउमा टेक्नु भयो वा छुनुभयो भने सङ्क्रमण हुने भएकाले लगायको जुत्ता वा छोएको कपडा वा लट्ठी छ भने तत्काल साबुन पानीले धुनुहोस् ।

चरा मरेको भेटएमा नजिकको जिल्ला पशु सेवा कार्यालय वा पशु सेवा केन्द्रमा खबर गर्नुहोस् । नेपालमा जिल्ला पशुसेवा कार्यालय तथा सेवा केन्द्रहरुले बर्डफ्लुको नियमित सर्भिलेन्स गरिराखेको छ । ठूलो सङ्ख्यामा वा थोरै घरपालुवा कुखुरा हाँस वा जङ्गली चारमरेको भेट्नुभयो भने जिल्ला पशुसेवा कार्यालय वा नजिकको सेवाकेन्द्रमा खबर गर्नुहोला । यसरी भेट्टिएका पन्छीलाई लिएर खबर गर्नुपर्यो भने प्लास्टिकको पन्जा प्रयोग गरी प्लास्टिकमा वा कुनै भाडामा राखेर लिनुपर्दछ । जसले गर्दा रोगको निदान तथा अनुसन्धानमा कार्य गरी बर्डफ्लु देखिएको हो या होइन निश्चित गरिन्छ ।

कुखुराको मासु सुरक्षित तरिकाले खानुहोस ः बर्डफ्लु देखिएको बेला कुखुरा छुँदा, हेरचाह गर्दा वा मासु पकाउदाँ होसियार हुनुपर्दछ । कुखुराको मासुको मासुलाई पकाउँदा अगाडि वा पछाडि अलग भाडाहरुको प्रयोग गर्नु पर्दछ । मासु पकाइसके पछि वा अघि साबुन पानीले हात धुनु पर्दाछ । पकाएको मासु पस्किँदा पनि राम्रोसँग पाकेको र तातो भएको समयमा पस्कनुपर्दछ । मासुलाई ७४ डिग्रीसम्म पकौदा बर्डफ्लुको भाइरस मर्छ । अन्डा पकाउँदा पनि पहेँलो भाग साह्रो हुने गरी पकाउनु पर्दछ ।

रोगका लक्षणहरुको नियमित मूल्याङ्कन गर्ने
रोगका लक्षणहरुलाई निजकबाट नियाल्ने : बर्डफ्लु लागेको मान्छेमा ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, अफ्ट्यारो हुने, पेट दुख्ने, पखाला लाग्ने जस्ता लक्षणहरु देखिन्छन् । त्यस्तैगरी कुखुरामा कुनै पनि लक्षणविना धेरै चरा मर्ने, लरबराउने, सिउर, लोती र खुट्टा पर्पल रङ्गको हुने, अन्डा कमलो हुने, खान नखाने, पखाला लाग्ने, टाउको सुनिने, नाखबाट सिँगन लाग्ने, खोक्ने इत्यदि । तपाईं वा तपाईंको कुखुरा कुनै बिरामी चारासँग सङ्क्रमण भएको हो भने तत्पश्चात बिरामीको लक्षण हेर्नुहोस् र उपचारका लागि अस्पताल लैजानुहोस ।

रोग लागेको लक्षण देखिएमा सावधान हुने : यो रोग मान्छेबाट मान्छेमा वा चराबाट मान्छेमा पनि सर्ने हुँदा आफूलाई रोग लागेको वा रोग लागेको शङ्का भएमा धेरै भीडभाड भएको ठाउँमा जानुहँुदैन, चुम्मन गर्ने, अङ्कमाल गर्ने, आफूले लगाएको कपडा, गहना अरुलाई दिने जस्ता कार्य गर्नु हुन्न ।

रोगका लक्षण देखिए तत्काल उपचारका लागि अस्पताल जाने र डाक्टरको सल्लाह बमोजिम भाइरसविरुद्ध औषधि खाने

तपाईंको चारालाई बर्डफ्लुबाट बचाउनुहोस्
नियमित हात धुनुहोस : तपाईंको कुखुरा वा हाँसलाई छुँदा अघि वा पछि राम्रोसँग साबुनपानीले हात धुने र पन्जा लगाएर मात्र कुखुरा वा चल्लालाई दाना, पानी दिने र व्यवस्थापन गर्ने गर्नुपर्दछ ।
लगाएको जुत्ता कुखुरा वा चराको खोरबाहिर राखनुहोस ः प्रत्येक पटक खोर बाहिर वा भित्र जाँदा खोर छिर्ने ढोकामा चुना राखी प्रयोग गर्नुपर्दछ र प्रत्यक दिन फेर्नुपर्दछ । यसका लागि प्लास्टिक भुइँमा ओछ्याएर खोरको अगाडि वा वरिपरि राख्न सकिन्छ, जुन मानिसलाई मात्र नभयर पन्छी बाहिर भित्र गर्दा पनि आवश्यक पर्दछ्र ।

कुखुरा वा पन्छीको हेरचाह गर्ने व्यक्तिको जुत्ता रोगसङ्क्रमणको मुख्य कारक हुने भएकाले खोरभित्र लगाउने जुत्ता अलगै बनाउनुहोस ।

जङ्गली चरालाई खोरभित्र छिर्न नदिनुहोस :  जङ्गली चरासँग यो भाइरसको सङ्क्रमण भए पनि रोगका लक्षण कहिलेकहीँ देखिँदैन र मर्दैनन् पनि तर घरपालुवा चरामा रोग सर्दछ । घरपालुवा चरा भएको ठाउँको पानी तथा दाना खान आउने समयमा सङ्क्रमणको सम्भावना धेरै हुने भयकाले सो कुराबाट बचाउनु पर्छ ।

नयाँ चरालाई अलग राखनुहोस : नयाँ कुखुरा हाँस किन्दा बर्डफ्लु नदेखिएको ठाउँबाट मात्र किन्नु पर्दछ । किनिसकेपछि कम्तीमा ३० दिन सम्म अलग्गै राख्नुपर्छ । आफ्नो खोरका चरासँग राख्नु हँुदैन ।

पन्छीको दाना सुरक्षित राखनुहोस : दाना किन्नुभन्दा अगाडि दाना सफा र सुरक्षित छ कि छैन भन्ने कुराको सुनिश्चितता गरेर मात्र दाना किन्नुपर्दछ । दाना किनेर ल्याइसकेपछि कुनै बाहिरी चार, जनावर कीरा नजाने ठाउँमा राखेर खुवाउनु पर्दछ । ठूलो प्लास्टिकको भाँडामा राख्दा राम्रो हुन्छ ।

कुनै रोगको लक्षण देखिएका एक चराहरु मर्न थाले भने जिल्ला पशु सेवा कार्यालय वा पशु सेवा केन्द्रमा खबर गर्नुहोस् ।

यात्रा गर्दा कुनै पनि कुखुरा वा हाँसको फार्मबाट नगर्नुहोस्

सजग भएर खानुहोस : नपाकेको वा काँचो मासु कहिले नखानुहोस् । तात्तातो पस्केको र रातो नदेखिने गरी पाकेको मासु मात्र खुनुहोस् । सडक वा गल्लीमा राखेको रगत देखिने कुनै पनि मासु नखानुहोस् । अन्डा खाँदा पहेँलो भाग साह्रो हुने गरी पाकेको मात्र खानुहोस् ।

राम्रो सरसाफइको अभ्यास गर्नुहोस : सधैँ सफा रहनुहोस्, कुनै पनि वस्तु छोएपछि आँखा, नाक, मुखमा औँला नराख्नुहोस् र कुनै वस्तु छोएपछि हात धुने बनी बसाल्नुहोस् ।

कुनै समस्या देखिए भेटेरिनरी डाक्टरको सल्लाह लिनुहोस् । तपाईं कुनै ठाउँको भ्रमणमा जाँदा पन्छी छुनुभएको छ र तत्पशचात बिरामी हुनुभयो भने डाक्टरले देखाउने गर्नु होला । तपाईंलाई जबसम्म बर्डफ्लु छैन भन्ने कुरा स्पष्ट हुँदैन तबसम्म अरु मान्छेसँग घुलमिल हुनुहुँदैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल