धादिङको सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा र ई–पुस्ताकालय निर्माण हुने

धादिङको सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा र ई–पुस्ताकालय निर्माण हुने

युएर्इ- धादिङ् जिल्लाबाट रोजगारीको शिलशिलामा युएर्इमा अाएका धादिङ् बासीहरूको साझा संस्था धादिङ् समाज यूएर्इ र गाँउमा कम्युटर शिक्षा अभियानका अध्यक्ष भुवनगुरुङको सहकार्यमा धादिङको सामुदायिक बिद्यालयमा कम्प्युटर शिक्षा र ई–पुस्ताकालय निर्माण हुने भएको छ।

एक्काईसौ शताब्दीको आधुनिक युगमा पुरानो शैक्षिक पद्धतिमा अध्यन गर्नु पर्ने बाध्यताको अन्त्य गर्ने सोचका साथ गाँउमा कम्युटर शिक्षा अभियानका अध्यक्ष भुवनगुरुङ संग धादिङ समाज युएईले सहकार्य गर्दै धादिङ जिल्लाका हरेक बिद्यालयलमा कम्प्युटर शिक्षा र ई–पुस्ताकालय निर्माण गर्ने भएको हो।

प्राबिधिक क्षेत्रमा अन्य देशका नागरिक भन्दा नेपाली बिध्यार्थीहरु कमजोर भएको कारण बिभिन्न अबसर गुमाउनु परेको तितो यथार्तलाई स्मरण गर्दे बर्षाैं लगाएर आर्जन गरेको शिक्षाले मात्र प्राबिधिक क्षेत्रमा काम गर्न समस्या अार्इ पर्ने हुदा सबैले कम्प्युटर शिक्षा हासिल गरी सक्षम र अत्मनिर्भर हुन सकिने सोचका साथ हरेक बिद्यालयमा कम्युटर शिक्षा र ई–पुस्ताकालय निर्माण गर्न हाल धादिङ समाज युएईका अध्यक्ष भिम कुमार अधिकारी, बरिष्ठ सल्लाहाकारद्धय मनोज गोर्खाली र नानुकाजी अर्याल लागी परेका छन् ।

पुरानो शिक्षा प्रणालीबाट हासिल गरेको शिक्षाले विश्व बजारसँग प्रतिस्पर्धा गर्न नसक्ने हुदा शहरको महङ्गी, प्रदुषण जस्ता समस्यामा गएर अध्यन गर्नुपर्ने बाध्यताको अन्त्यको लागी पनि यो अभियान चलाउन परेको गाउमा कम्प्युटर शिक्षा अभियानका अध्यक्ष भुवन गुरुङ्गले बताए । हाल धादिङ लगायत अन्य जिल्लाका थुप्रै बिद्यालयमा उक्त अभियान शुरु भैसकेको र छिटै धादिङ जिल्लाका सबै सामुदायिक बिद्यालयहरुमा कम्प्युटर शिक्षा र ई–पुस्तकालय निर्माण गरिने धादिङ समाज युएईका अध्यक्ष भिम कुमार अधिकारीले जानकारी दिएका छन् ।

सक्षम र सुगम क्षेत्रका बिद्यार्थीहरुले मात्र नभई भौगोलिक तथा आर्थिक रुपले पिछडिएका जनताका छोराछोरीले पनि परिवर्तित समय अनुसार कम्युटर शिक्षा र बिश्वको वारेमा खोज अनुसन्धान किताबबाट मात्र नभई बिधुतिय पुस्तकालय बाट जान्न र बुझ्न सकुन भन्ने उदेश्य साथ उक्त अभियान शुरु गर्न लागेको पनि अध्यक्ष अधिकारीले जानकारी दिए।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल