एकता मंचको कार्यक्रम

एकता मंचको कार्यक्रम

मुम्बई– माओवादी केन्द्रको प्रवासी संगठन अखिल भारत नेपाली एकता मन्च पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा जनयुद्धको २२औं वार्षिक उत्सव मनाइएको छ । सो अवसरमा ‘जनसभा तथा विशेष समारोह’ आयोजना गरियो ।
प्रमुख अतिथि, विशिष्ठ अतिथि र अन्य अतिथिबाट २२औं जनयुद्द दिवसको अवसरमा २२ वटा दिप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरिएको थियो ।

प्रमुख अथितिले केक काटेका थिए ।  उपस्थित जनसमुदायलाई चकलेट बाँडिएको थियो ।

क्षेत्रीय समिति अध्यक्ष घनस्याम स्वारको अध्यक्षता भएको कार्यक्रममा सचिव शंकर परियारको संचालन रहेको थियो । उपाध्यक्ष ऋषिराम राम शर्माको स्वागत मंतव्य रहेको कार्यक्रममा जनयुद्दपुर्व संगठनमा संगठित मंचका केन्द्रीय सचिवालय सदस्य ओम बहादुर विश्वकर्मा, चंद्रमणी शर्मा, दल बहादुर गुरुङ, केन्द्रीय सदस्य प्रेमबहादुर विश्वकर्मा, उजेली विश्वकर्मा, क्षेत्रीय सल्लाहकार सुरज श्रेष्ठ र श्रीमायां विश्वकर्मालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मंचका केन्द्रीय समिति अध्यक्ष ईश्वरी भण्डारीले जनयुद्दका उपलब्धि रक्षा र संस्थागत गर्न सम्पूर्ण प्रवासी नेपाली एकजुट हुनुपर्ने बताए ।

जनसंपर्क समिति भारतबाट एम. वि. बोहरा, नेपाली समाज कल्याण संघबाट नवराज आउजी, नेपाल न्युज दैनिकबाट भुमिलाल पौडेल, शिवसेना नेपालबाट लालसिंह देवकर ,हरिओम नेपाली एकता समाजबाट नैनसिंह दास, सुदुर पश्चिम समाजबाट पोष्ट बहादुर खड्काले शुभ कामना दिएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल