एनआरएन अमेरिकाको अध्यक्षमा रविना थापाको उम्मेद्वारी

फागुन ९

एनआरएन अमेरिकाको अध्यक्षमा रविना थापाको उम्मेद्वारी

अमेरिका–गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको चुनावी मिति नजिकिदै गएसगै उपाध्यक्ष रविना थापाले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेकी छन् ।

उनले कर्मथलो बाल्टिमोरबाट विधिवत रुपमा औपचारिक घोषणा गरेकी हुन् । डिसी महानगर क्षेत्रमा लामो समयदेखि समाज सेवा तथा विभिन्न संघरसंस्थामा संलग्न भै काम गरि सकेकी थापाले आगामी कार्यकाल २०१७ र२०१९ को लागि अध्यक्ष पदका लागि प्रत्याशी बन्दै उम्मेद्वारी घोषणा गर्ने निर्णय गरेको बताइँन् ।
बाल्टिमोरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना )को पूर्व अध्यक्ष तथा वर्तमान उपाध्यक्ष भै सफलतापूर्वक काम गरेकी थापाले अहिलेसम्मको आफ्नो अनुभव र योगदानलाई निरन्तरता दिँदै सबैबाट प्राप्त सहयोग र सद्भाव अनुसार अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताएकी छिन् ।
थापाले विधिवत उम्मेदवारी दिदै आफ्नो घोषणा पत्र समेत जारी गरेकी छिन् । आफ्नो नेतृत्व कार्यकालमा एनआरएनए एनसीसी अमेरिका विश्वमा सबैभन्दा उत्कृष्ट दर्जाको एनसीसी हुने आफ्नो सपना रहेको बताएकी छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल