जनसम्पर्क समिति वेलायतले मनायो प्रजातन्त्र दिवस

फागुन ९

जनसम्पर्क समिति वेलायतले मनायो प्रजातन्त्र दिवस

लण्डन– नेपाली जनसम्पर्क समितिले लण्डनमा प्रजातन्त्र दिवस मनाएको छ । अल्डरसटको एक नेपाली रेष्टुरेन्टमा नेपालमा निरंकुश शासन व्यबस्थाको अन्त्य भई प्रजातन्त्र प्राप्ति भएको दिन २००७ साल फागुन ७ गतेलाई बिशेष सम्झनास्वरुप प्रजातन्त्र दिवस मनाइएको हो ।

सांसद डा. आरजु देउवाले दिप प्रज्जलन गर्दै उद्घाटन गरेको कार्यक्रममा नेपाली संघसंस्थाका प्रतिनिधिहरू, भूतपूर्व गोर्खा सैनिकहरु, समाजसेवीलगायत अन्य जनसमुदायको वाक्लो उपस्थिति रहेको थियो ।
डा. देउवा प्रखुम अथिति रहेको कार्यक्रमको सभापतित्व जनसम्पर्क समितिका सभापति लोक गुरुङ्गले गरेका थिए । उक्त समारोहलाई समितिका सल्लाहकार सेरबहादुर सुनुवारले स्वागत मन्तव्य दिएका थिए । सभापति गुरुङ्गले वेलायत भ्रमणमा रहेकी डा. आरजु देउवालाई पुष्प गुच्छाले स्वागत गरेका थिए । त्यसै गरी लण्डनस्थित दूतावासका महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई वेलायत आगमनको स्वागत गर्दै उहाँको कार्यअवधि सफलताको शुभकामना दिएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल