एनआरएन अष्ट्रेलियाले आयोजना गर्यो ‘प्यारेन्टस पिकनिक’

फागुन ८

एनआरएन अष्ट्रेलियाले आयोजना गर्यो ‘प्यारेन्टस पिकनिक’

अष्ट्रेलिया –एनआरएन अष्ट्रेलिया न्यु साउथवेल्स राज्य समितिको आयोजनामा अस्ट्रेलिया आएका अभिभावकहरुका लागि सामूहिक बनभोज कार्यक्रम हुने भएको छ । एनआरएन अष्ट्रेलिया उपाध्यक्ष दिनेश पोख्रेलले रातोपाटीलाई दिएको जानकारी अनुसार वारगम्बा ड्याममा फेव्रुअरी २५ मा हुने बनभोजमा करिब ८०० देखि १००० जना सहभागीहुने अनुमान छ ।

पिकनिकमा जानका लागि वेष्टमिड , ब्लाकटाउन, ओवन, ग्रानभिल, एसफिल्ड, क्याम्सी, कोगरा, हन्सभी, आर्टामन, डी वाई, पेन्सहर्षट, मिन्टो, माकार्था र रकडेल लगायतका ठाउंहरुमा बसको व्यवस्था गरिएको छ ।
नेपालीहरुको बाक्लो बसाइ भएका स्थानमा गाडी चढाउने र ओराल्ने ब्यबस्था मिलाएको उपाध्यक्ष्य पोख्रेलले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल