अस्ट्रेलियामा नयाँ वर्ष यलेदोङ्ग साझ ५०७७ हुँदै

फागुन ८

अस्ट्रेलियामा नयाँ वर्ष यलेदोङ्ग साझ ५०७७ हुँदै

अष्ट्रलिया– किराँतखम्बु राई समाज सिड्नी अस्ट्रेलियाले किराँतीहरुको नयाँवर्ष यले दोङ्ग साझ ५०७७ मनाउने भएका छन् । आगामी फेव्रुअरी २५ तारिक सिड्नीको पिटर्शम टाउन हलमा बिभिन्न साँस्कृतिक कार्यक्रम र शुभकामना आदानप्रदान गरी यले दोङ मनाउन लागेका हुन् ।

अघिल्ला बर्षहरु झै यो बर्ष पनि किराँतखम्बु राई समाज अष्ट्रेलियाले एसीई एजुकेसन एण्ड मिग्रेशन सर्भिसको सहकार्यमा किराँतीहरुको नयाँबर्ष यलम्बर संवत ५०७७ को उपलक्ष्यमा“यलम्बर साँझ ५०७७“ विभिन्न कार्यक्रमहरु हुन लागेको किराँत खम्बु राई समाज सिड्नीका सचिब रामकुमार सिप्तुङ्ग्खा राइले रातोपाटीलाई जानकारी दिए ।

कार्यक्रममा प्रवेशको लागि टिकट शुल्क अष्टेलियन डलर १५ रहेका छ भने नेपालबाट घुम्न आएका आमाबुवाहरु र स्थायीबसोबास गर्ने बृद्धबृद्धालाई निशुल्क प्रवेशको ब्यबस्था गरिएको राइले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल