स्याङ्जा सहयोग समाज कतारको बिषेश भेला सम्पन्न

फागुन ८

स्याङ्जा सहयोग समाज कतारको बिषेश भेला सम्पन्न

दोहा – स्याङ्जा सहयोग समाजको विशेष भेला तथा छलफल सम्पन्न भएको छ ।

कतारको दोहास्थित अलसाफिर रेष्टुरेण्टमा शुक्रबार भएको छलफलमा रोजगारीका शिलशिलामा कतारमा रहेका स्याङ्जालीहरुलाई एकीकृत गर्दै सामाजिक सेवाको भावना जागृत गराउने प्रयास गरिएको छ ।

त्यस्तै समाजको आगामी छैठौँ अधिबेशनको तयारिका लागि विशेष छलफल भएको छ ।

कार्यक्रममा समाजले स्वदेश तथा बिदेशमा बिबिध बिधाहरुमा गरेका सामाजिक कार्यहरु, संगठन बिस्तार , सांगठनिक कृयाकलापहरु लगायतका समग्र बिषयबस्तु समेटिएको प्रगति प्रतिबेदन केन्द्रीय सदस्य उत्तम भट्टराईले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

कोषाध्यक्ष खड्क नेपालीले समाजको कार्यकालको पुर्ण आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मृगौला पीडित स्याङजा किचानास ७ का डोलराज पोख्रेलकालाई आर्थिक सहयोग हस्तानतरण गरिएको छ । कार्यक्रममा कमलराज रेग्मी, भेषराज पराजुली टुकराज अर्याल बिल गुरुङ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल