गोरखालीहरुको युएइ ब्यापी खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

फागुन ७  |   बिनोद श्रेष्ठ

गोरखालीहरुको युएइ  ब्यापी खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

यूएई – युएइमा रहेका गोरखालीहरुको सँस्था गोरखा सेवा समाज यूएई क्षेत्रिय समिति आबुधावीको आयोजनामा आबुधाबीको बलदिया पार्कमा शुक्रबार यूएई ब्यापी खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।

गोरखा सेवा समाज युएर्इ क्षेत्रिय समिति आबुधावी अध्यक्ष तथा कार्यक्रमका सभापति दिपेन्द्र बाँनिया, संस्थाको केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति बिनोद श्रेष्ठ तथा समाजसेवी एव ब्याबसायी भिम नारायण श्रेष्ठद्दारा उद्घाटन गरिएको सो खेलमा अथितिहरुमा गोरखा सेवा समाज युएर्इका प्रमुख सल्लाहकार तथा नेपाल विश्व सहयोग संघ युएर्इका अध्यक्ष गोविन्द ढकाल, सल्लाहकार रामशरण अधिकारी, खेल संयोजक लोकमान श्रेष्ठ लगाएत बिभिन्न सामाजिक संघसस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, ब्याबसायी, खेलाडी तथा नेपालीको उल्लेखनिय उपस्थिति रहेको थियो।

 

दुई चरणमा सम्पन्न भएको प्रतियोगिताको औपचारिक कार्यक्रमको स्वागत तथा कार्यक्रम आयोजना गर्नुको उदेश्य बारेमा गोरखा सेवा समाज अबुधाबी क्षेत्रिय समितिका उपाअध्यक्ष बासु दबाडीले प्रकाश परेका थिए।

यूएईमा रहेका बिभिन्न संघ सस्था र क्लबमा आबद्ध १५ टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नगद पुरस्कार राखिएको थियो।

प्रमुख रेफ्री सन्तोष गुरूङ् र सहायक रेफ्री अमृत गुरूङ्द्दारा खेलाइएको निकै प्रतिस्पर्धा रहेको सो खेलको सेमि फाइनलमा गोरखा सेवा समाज यूएईलार्इ अबेला कम्पनी यूएईले हरार्इ फाइन प्रबेश गरेको थियो। यस्तै, काठमाण्डौ रेस्टुरेन्ट पराजित गर्दै देउराली क्लब फार्इनलमा पुग्यो।

 

बेस्ट अफ थ्रि मा खेलाईएको फाइनल खेल अबेला ग्रुप कम्पनी दुबर्इले र देउराली क्लब लाई पराजित गर्दै प्रथम हुन सफल भयो।

प्रथम हुने अबेला ग्रुप कम्पनीका दिमलार्इ सो कार्यक्रमका सभापति दिपेन्द्र बाँनिया प्रमुख अथिति बिनोद श्रेष्ठ तथा समाजका सल्हाकार गोविन्द ढकाल ब्याबसायी भीम नारायण श्रेष्ठ द्वारा संयुक्त रुपमा ट्रफी, तथा खेलाडीहरूलाई मेडल, नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो।

उक्त भलिबल प्रतियोगितामा काठमाडौं रेस्टुरेन्ट आबुधावी, हमालयन ट्राभलस अबुधाबी, नेपाली प्यालेस, नमस्ते ट्राभल्स आबुधावी नेपाली भान्साघर आबुधावीको प्रायोजन रहेको थियो ।

 

कार्यक्रमका सभापति दिपेन्द्र बानियाँले आयोजकको तर्फबाट उक्त प्रतियोगिता सफल पार्नको लागि अहोरात्र खटिने गोरखा सेवा समाज यूएईका सम्पुर्ण कार्य समितिका सदस्य लगाएत सम्पूर्ण गोरखाली तथा गैरगोरखाली हरुमा धन्यबाद ज्ञापन गरेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल