कतारमा अलपत्र नेपालीलाई राहत

७ फागुन

कतारमा अलपत्र नेपालीलाई राहत

दोहा-कतारमा अलपत्र परेका ८० जना नेपालीलाई नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाज कतारले राहत सामग्री वितरण गरेको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेर दुई महिनादेखि अलपत्र नेपालीलाई समाजले एक लाख ५० हजार बरारबको खाद्यान्न सहयोग गरेको समाजका संयोजक बिबी खरालले जानकारी दिए ।

कतार ल्याउने कम्पनी सञ्चालक नै कामदारलाई तलब नदिई सम्पर्कविहिन भएपछि नेपाली कामदार अलपत्र परेका थिए ।

अलपत्र नेपालीहरुले विगत दुई महिनादेखि उनीहरुले कतारमा रहेका आफन्त तथा चिनजानका नेपालीसँग सहयोग मागेर दैनिक एक छाक मात्र खाएर दिन कटाइरहेको बताइएको छ ।

साँघुरो कोठामा १०–१२ जना बस्न बाध्य उनीहरु बसाई तथा खानाको कारण बिस्तारै बिरामी समेत पर्न लागेपछि थप समस्या भएको बताइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल