युएईमा नेपाली उत्पादनको प्रवद्र्धनको उपाय खोजी

लक्ष्मण खनाल  |   फागुन ७

युएईमा नेपाली उत्पादनको प्रवद्र्धनको उपाय खोजी

युएई–नेपाली उत्पादनहरुको प्रवद्र्धनका सम्भावनाहरुको विषयमा नेपाली राजदुतावास युएईले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रम शारजाहमा १७ फेब्रुअरी २०१७ शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत नेत्र टंडनले प्राकृतिक सम्पदाको धनि देश नेपाल र हामी नेपालीहरु विश्वमा इमान्दार र अनुशासित भनेर चिनिएको बताउदै नेपाली प्राकृतिक सौन्दर्यताको प्रवद्र्धन गरि पर्यटन व्यवसायलाई विकास गर्नुपर्नेमा जोड दिए ।
साथै उनले नेपाली उत्पादनको बजार विस्तार गर्नको लागि दुतावासले संभावनाहरुको खोजी गर्न कार्यक्रम आयोजना गरेको र नेपाली व्यवसायीहरुले त्यसको प्रवद्र्धनमा लाग्नु पर्ने पनि बताए ।
कार्यक्रममा दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारको विगत , वर्तमान अवस्था र बजारको संभावना बिषयमा प्रस्तुती राखेका थिए ।
प्रस्तुतीमा नेपाली उत्पादनहरुको बर्गिकरण, आयात निर्यातका गन्तव्यहरु सहित बजार व्यवस्थापनका संभावनाहरु प्रष्ट्याइएको थियो ।
कार्यक्रममा बक्ताहरु नेपाल एअरलाइन्सका युएई प्रमुख रमेश पौडेल, नेपाली विजनेस काउन्सील युएईका अध्यक्ष आसिफ अली सिद्दिकी, रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला, चिया प्रवद्र्धनका युएईका लागि श्रीलंकाली बाणिज्य दुत तथा मन्त्री हसिथा डे अलविस, आर्मस्टङ मोटरका जनरल म्यानेजर शनिल सेहगल, उच्च प्राविधिक शिक्षालय (हाइअर कलेज अफ टेक्नोलोजी)अल एन का सहायक प्रोफेसरउत्सव केसी, टाइवर फेसन युएईका सञ्चालक टिका दत्त सिवा, अलसाया गु्रपका लक्ष्मी प्रसाद ढकाल, विजय कुमार यादव आदी रहेका थिए । बक्ताहरुले नेपाली उत्पादनको वजारमा आउने चुनौती र सम्भावनाहरुमाथी आफ्नो धारण प्रस्तुत गरेका थिए । नेपाली उत्पादनको बजार प्रवद्र्धन गर्न सारकारले सोही अनुसारको पद्धतिको विकास गर्नुपर्ने मा जोड दिएका थिए ।
कार्यक्रममा युएईमा रहेर विभिन्न व्यवसायमा संलग्न नेपाली व्यवसायीहरु, युएईका विभिन्न ठुला सुपरमार्केटका प्रतिनिधिहरु, विभिन्न देशका नियोग प्रतिनिधिहरु, यहाँ स्थित स्थानिय सञ्चार प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन नेपाली राजदुतावास युएईका तृतिय सचिव संगिता न्यौपानेले गरेकी थिइन्

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल