नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब उद्घाटन हुने

फागुन ६

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब उद्घाटन हुने

जापान-विश्वकै सबै भन्दा ठुलो तथा सर्बाधिक सदस्य भएको ‘नेपाल–जापान फ्रेन्डसिप लायन्स क्लब’को भव्य समारोहकोबिच उद्घाटन हुने भएको छ ।
यहि फेव्रुअरी २२ तारिख जापानको फुकुओका शहरमा क्लवको उद्घाटन गर्न लागिएको हो । लायन्स क्लव धुम्बाराहीका अध्यक्ष तथा गैरआवसीय नेपाली संघ एसिया प्यासिफिक उप-संयोजक रोबिन्द्र प्रसाद श्रेष्ठ(गोबिन्द)को प्रमुख आतिथ्यमा सम्पन्न हुने समारोहमा गैर आवसीय नेपाली संघ जापानका उपाध्यक्ष टंक गैरे बिशेष अतिथि र जापानका लागि पर्यटन दुत एवम् गैर आवसीय नेपाली संघ जापानका महासचिव अनुज थापाले कार्यक्रममा मन्तव्य राख्ने नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबका अध्यक्ष अर्जुन थापाले जानकारी दिए ।

साँझ ६ बजे देखी योसिजुका होम्मोमाची शिक्षा केन्द्र हलमा हुने उक्त समारोहमा एनआर एन क्युसु ,फुकुओका नेपाल सोसाइटी ,हामी नोपाली हाम्रो नेपाल अभियान ,प्रवासी कलाकार संघ जापान लगाएत फुकुओकामा रहेका बिभिन्न संघ,संस्थाका प्रतिनिधिहरु,व्यापारीहरु ,पत्रकारहरुको उपस्थिति रहने छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल