कुवेतमा एक नेपालीले जिते १ करोडको कार

फागुन ५

कुवेतमा एक नेपालीले जिते १ करोडको कार

कुवेत –कुवेतमा राजु थापा नाम गरेका एक नेपालीले १ करोडको कार जितेका छन्  ।

कुवेतको चर्चित सपिंग मल ग्राण्ड हाईपरद्वारा आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि सन्चालन गरेको लक्की ड्रमा नेपाली ग्राहक राजु थापाले मर्सिडिज बेन्ज कार जितेका हुन् । थापा ग्राण्ड हाईपर सुपरमार्केटमा ५ कुवेती दिनारको सामान खरीदमा पाईने कुपनबाट भाग्यशाली विजेतामा छनौट भएका हुन् ।

कुवेती दिनार २८००० हजार (झण्डै १ करोड नेपाली रुपैयाँ बराबरको) सो कार  बुधबार साँझ ग्राण्ड हाईपरमा भएको लक्की ड्रमा राजु थापा नाम गरेका नेपालीलाई परेको हो । राजु थापा घोषणा भएपनि निजको पूर्ण विवरण भने आउँ बाँकी छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल