कतारमा ८० नेपाली कामदार चार महिनादेखि अलपत्र

फागुन ४

कतारमा ८० नेपाली कामदार चार महिनादेखि अलपत्र

दोहा– वैदेशीक रोजगरिको शिलसिलामा कतार पुगेका ८० जना नेपाली कामदार चार महिनादेखी अलपत्र परेका छन् । कतार ल्याउने कम्पनी सञ्चालक नै कामदारलाई तलब नदिई सम्पर्क विहिन भएपछि उनीहरु अलपत्र परेका हुन् । विगत दुई महिनादेखि उनीहरुले कतारमा रहेका आफन्त तथा चिनेजानेका नेपालीसँग सहयोग मागेर हातमुख जोर्दै आएका छन् ।

आफुलाई ल्याउने कम्पनी भागेपछि कतार स्थित नेपाली दुतावासमा पटकपटक सम्पर्क गर्दा पनि दुतावासले गम्भीरता नदेखाएकोले कानुनी प्रक्रियामा जान समेत समस्या परेको पिडितहरुले गुनासो गरेका छन् । साँघुरो कोठामा १०–१२ जना बस्न बाध्य उनीहरु खानाको समस्याका कारण बिस्तारै बिरामी समेत पर्न लागेपछि थप समस्यामा परेका छन् ।

सनैया ४१ राईट एच बि के कम्पनी पछाडिको क्याम्प रहेका पीडित कामदारले आफुलाई अलपत्र पार्ने इस्केल लगाएतका पाँच कम्पनीलाई कानुनी कारबाही गरि आफनो उद्धार गरिदिनको लागि नेपाल सरकार तथा कतारमा क्रियाशील विभिन्न संघ संस्थालाई समेत अनुरोध गरेका छन् ।

कानुनी कारबाहीको लागि पनि पीडित कामदारलाई अत्यावश्यक पर्ने अरबी, अङग्रेजी भाषा नआउने हुदाँ थप समस्या परेको नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य तथा कतार संयोजक बि बि खरालले रातोपाटीलाइ बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल