कुवेतमा मृत्यु भएका २८ नेपालीले पाए पाँच करोड (नामावली सहित)

फागनु ४  |   प्रदिप नेपाली

कुवेतमा मृत्यु भएका २८ नेपालीले पाए पाँच करोड (नामावली सहित)

कुवेत– कुवेतमा बिगतका बर्षहरुमा मृत्यु भै क्षेतिपूर्ति लिन बाँकी नेपालीहरुले क्षतिपूर्ति रकम पाएका छन् ।
मृतक कामदारको बिमा रकम, बाँकी तलब, सेवा पश्चात पाउने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग रकम गरि १४४०५१.६८४ कुवेती दिनार अर्थात् नेपाली रुपैयाँ पाँच करोड पाँच लाख उनान्चास हजार सात सय एघार रुपैयाँ सम्बन्धित कामदारको कानुनी हकदारले पाउने गरि नेपाल सरकार परराष्ट्र मन्त्रालयमा पठाइसकिएको नेपाली दुताबास कुवेतका द्दितीय सचिब भोगेन्द्र लिङदेनले जानकारी दिए ।

क्षतिपूर्ति प्राप्त गर्नेहरुमा २८ जना नेपाली नागरिकहरु रहेका छन् । जसमा सबैभन्दा बढी चितवनका दिपक श्रीमलको ४०,६७० केडी ५०० फिल्स (करिब १ करोड ४२ लाख रुपैयाँ भन्दा बढी) रहेको छ भने सबैभन्दा कम पाँचथरका केशरबहादुर नेम्वाङ र सुनिता गुरुङ संखुवासभा जनही २ सय ५० केडी (करिब ८७ हजार रुपैयाँ) रहेको छ ।
नेपाली दुताबास कुवेतले कानुन ब्यबसायीहरुको सहयोगमा करिब डेढ बर्षको अवधिमा २८ जना मृतक नेपालीलाइ उक्त रकम दिलाउन सफल भएको जनाएको छ ।

१. दिपक श्रीमल, चितवन- ४०६४०.५०० कुवेती दिनार

२. चन्द्रबोल राई, खोटांग- २५३९९ कुवेती दिनार

३. जित बहादुर कटुवाल, तेह्रथुम- १५,९९२.५०० कुवेती दिनार

४. हिकमान तामांग, नुवाकोट- १३,३२० कुवेती दिनार

५. जनक बहादुर बस्नेत, दांग- ८,५०३ कुवेती दिनार

६. कामी सिंह गोले, मकवानपुर- ८,३५० कुवेती दिनार

७. याम बहादुर बस्नेत, तनहुँ- ८,३०० कुवेती दिनार

८. गजेन्द्र कुमार विश्वकर्मा, संखुवासभा- २,१००.६४० कुवेती दिनार

९. आइत राज तामांग, मोरंग- २,०६७.२८ कुवेती दिनार

१०. सुकान चौधरी, बारा २,०३०.९०५ कुवेती दिनार

११. चित्र बहादुर कुँवर, रुकुम- १,८३४.६१६ कुवेती दिनार

१२. नरबहादुर चेम्जोंग, पाचथर- १,११९.०९८ कुवेती दिनार

१३. दुर्गा बहादुर थापा, गुल्मी- १,०९८.२६० कुवेती दिनार

१४. अमृत कुमार बम्जन, मकवानपुर- १,००२.६५० कुवेती दिनार

१५. ऋषि प्रसाद सापकोटा, काभ्रेपलाञ्चोक- ८२७.४०० कुवेती दिनार

१६. सत्यनारायण शाह सोनार, धनुषा- ७५०.९२२ कुवेती दिनार

१७. दिलबहादुर तामांग, दोलखा- ६९० कुवेती दिनार

१८. खड्ग कुमार राई ओखलढुंगा- ६७९.७५० कुवेती दिनार

१९.  बिर बहादुर गुरुङ, तनहुँ- ६७८.२५० कुवेती दिनार

२०. आई बहादुर दर्जी, मुस्तांग- ६६१.८८ कुवेती दिनार

२१. राम पुकार भण्डारी, महोत्तरी- ५२८ कुवेती दिनार

२२. विजय विश्वकर्मा, रुपन्देही- ५२२ कुवेती दिनार

२३. गोबिन्द बि.क., स्यांजा- ४८० कुवेती दिनार

२४. सुताई साह तेली, धनुषा- ४३५.०५४ कुवेती दिनार

२५. देवराज ओली, रुकुम- ४३३.५०० कुवेती दिनार

२६. दुलाल ठाकुर हजाम, महोत्तरी- ३६२,८५० कुवेती दिनार

२७. केशर बहादुर नेम्वांग, पाँचथर- २५० कुवेती दिनार

२८. सुनिता गुरुङ, संखुवासभा- २५० कुवेती दिनार

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल