१९ मार्चमा नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको ११ औं अधिवेशन हुने

फागनु ४

१९ मार्चमा नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको ११ औं अधिवेशन हुने

बेल्जियम–नेपाली जनप्रगतिशील मंच, बेल्जियमको ११औ अधिबेसन आगामी मार्च १९ मा हुने भएको छ । अधिबेसन सम्पन्न गर्न ११३ सदस्यीय मुल समिति गठन गरिएको छ । । त्यस्तै प्रचार प्रसार , व्यावस्थापन लगायतका अन्य समिति र उपसमितिहरु समेत निर्माण गरिएको आयोजकले जनाएको छ । अधिबेसनको एकिकृत नेकपा माओबादीका वरिष्ठ नेता पुर्व उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश )ले गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनमा विविध विषयहरुमा केन्द्रित रहेर नेपाल र नेपालीहरुसंग सरोकारका विभिन्न योजनाहरुमा वहस र छलफल चलाइने छ । त्यस्तै जनबादी आन्दोलनमा बाँकी रहेको कार्यभार पुरा गर्नकालागी प्रवासमा पनि बृहत प्रगतिशील मोर्चाको अवधारणा अघि बढाउदै समाजबादी आन्दोलनको तयारीको दिशामा जाने बिचारलाई सहयोग र समर्थन गर्ने निति अवलम्बन गर्ने बताइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल