गाम्का नेपाल र बायोमेट्रिक प्राणालीले गर्ने स्वास्थ्य परिक्षण ७ दिनभित्र खारेज गर्न अल्टिमेटम

फागनु ३

गाम्का नेपाल र बायोमेट्रिक प्राणालीले गर्ने स्वास्थ्य परिक्षण ७ दिनभित्र खारेज गर्न अल्टिमेटम

काठमाडौं– वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी संघर्ष समितिले सात दिनभित्र गाम्का नेपाल र बायोमेट्रिक प्राणालीले गर्ने स्वास्थ्य परिक्षण प्रक्रिया खारेज नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । मंगलबार संघर्ष समितिले पत्रकार सम्मेलन गरी एक साताभित्र गाम्का नेपाल र बायोमेट्रिकले गरिरहेको स्वास्थ्य परिक्षण खारेज नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

संघर्ष समितिका संयोजक सीताराम रेग्मीले नेपाल सरकारले आधुनिक प्रविधिको नाममा बायोमेट्रिक प्राणाली र गाम्का नेपालले सिण्डिकेट प्राणाली लगाएर रु २९०० मा गरिने स्वास्थ्य परिक्षण १४ हजार लिने गरेको आरोप लगाउँदै ठगिको संज्ञा दिए । संयोजक रेग्मीले भने,‘बायोमेट्रिक प्रणाली स्वास्थ्यसँग सम्बन्ध राख्दैन् तर यसलाई श्रममन्त्रालय र श्रम सचिवले कानुन विपरित लागु गरेका छन्, यो वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी र सम्बन्धित परिवारको भोको पेटमा लात हान्ने काम भईरहेको छ, अब हाम्रा मागहरू पुरा नगर्ने र हाउगुजिको नाटक देखाएर नियम मिच्नेको गर्धनमा हामी पनि लात हान्छौ ।’ संयोजक रेग्मीले वैदेशिक रोजगारको विषयमा सरकारले फ्रि–भिषा र फ्रि–टिकटको बकम्फुसे नारा लगाईरहेको आरोप पनि लगाए ।

उनले भने,‘सरकारले फ्रि–टिकट र फ्रि–भिषाको नाम दिईरहेको छ, तर व्यवसायीहरूले १ लाख देखि ४ लाखसम्म लुटिरहेका छन् ।’ नेपाल मेडिकल महासँघका महासचिव जीवन बयलकोटीले बायोमेट्रिक प्राणाली र गाम्का नेपालले सरकारको आँखामा छोरो हालेर सोझो ठगि धन्दा गरिरहेको आरोप लगाए । उनले भने,‘बायोमेट्रिक प्राणाली र गाम्का नेपालले सिण्डिकेट खडा गरेका छन्, आज श्रम मन्त्रालयले स्वाथ्य क्लिनिकको परिक्षण गर्ने नाममा भष्ट्राचार गरिरहेको छ।’

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल