बेलायतमा चोरको बिगबिगी : निशानामा नेपाली

फागुन ३  |   रोशन मेवाहाङ्ग

बेलायतमा चोरको बिगबिगी : निशानामा नेपाली

लण्डन–केन्ट फोक्सटनस्थित दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत हाल हव्किङ्ज निवासी थापा परिवारको घर फुटाई सुन तथा बहुमूल्य वस्तु चोरी भएको छ ।

वेलायतमा विशेषगरी ठुलो संख्यामा नेपाली समुदाय बस्ने अल्डरसट,रिडिङ्ग, स्विन्डन, आश्फोड र फोक्सटन लगायतका स्थानलाई निशाना बनाएर चोरीका घट्ना बढेको पीडितहरुले बताएका छन् । गत महिनामात्र अल्डरसट, स्विन्डन, आश्फोड र फोक्स्टमा बसोवास गरेका नेपालीहरुको घरबाट करोडौंको सम्पत्ति लुटिएको बताइएको छ । चोरी हुने क्रम बढदो रहेपनि बेलायतका प्रहरीले यस्ता घटनाप्रति खासै चासो नदिएको पीडितहरुको भनाइ छ ।

यता, केन्ट प्रहरी वृतका अनुसार घटनामा नेपाली र भारतीय नागरिककै संलग्नता रहेको छ ।सुन तथा बहुमूल्य वस्तुहरुको बिमा गरी तस्वीर कÞैद गरिएमा खोज तलास गर्न सजिलो हुने केन्ट प्रहरी वृतले जानकारी दिएको छ । समुदायमा राम्रो सम्बन्ध, घर घरमा आलाराम अथवा सिसी क्यामेराको ब्यवस्था गर्न सकिए चोरीबाट बच्न सकिने फोक्स्टन निवासी संकरमणी नेपालले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल