एकता मञ्चको क्षेत्रीय कार्यसमिती गठन

फागुन २

एकता मञ्चको क्षेत्रीय कार्यसमिती गठन

नयाँ दिल्ली–अखिल भारत नेपाली एकता मञ्चको छैठौं क्षेत्रीय सम्मेलन दिल्लीमा सम्पन्न भएको छ । सम्मेलनलेमा ज्ञान बहादुर के.सी.को अध्यक्षतामा ५१ सदस्यीय क्षेत्रीय कार्यसमिती गठन गरेको छ । सम्मेलनमा दिल्ली, हरियाणा, उत्तर प्रदेश, उत्तराखंड र छत्तीसगढ़ राज्यका प्रतिनीधि सम्मिलित थिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको संविधानलाई कर्यान्वयन गर्नुको विकल्प नरहेको बताए ।

उनले छिटो भन्दा छिटो तीन तहको चुनाव गर्नुपर्ने भएकोले दलहरुलाई सहमतिमा आउन पनि आग्रह गरे । श्रेष्ठले फागुन ८ गते भित्र स्थानिय तहको चुनावको मिती घोषणा गरिने बताए ।

कार्यक्रममा अभाने एकता मंचका विभिन्न तहका नेता तथा कार्यकर्ताको एक हजार भन्दा बढी उपस्थित थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल