मलेसियन् एयरलाइन्सको विमान भारतमा आकस्मिक अवतरण

 भदौ १७  |   एजेन्सी

मलेसियन्  एयरलाइन्सको विमान भारतमा आकस्मिक अवतरण

क्वाललम्पुर–मलेसियाको एक अन्तर्राष्ट्रिय विमानमा सामान्य गडबडी देखिएपछि बिहीबार भारतमा अकस्मात् अवतरण गरेको समाचार छ ।malaysia-airlines-

आम्स्र्टडमबाट क्वाललम्पुरका लागि उडेको सो विमान भारतको चेन्नइमा आकस्मिक अवतरण गरेको थियो । तर पछि उक्त विमान बिहीबारै विहान सकुशल मलेसिया पुगेको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार उक्त विमानमा सामान्य खराबी देखिएको र त्यसपछि भारतको चेन्नइमा लगी अवतरण गराइएको थियो ।

मलेसियाको समाचार समिति बर्नामाले दिएको जानकारीअनुसार मलेसियन्   एयरलाइन्सको उडान नं एमएच १९ बिहीबारै सकुशल क्वालालम्पुर पुगेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल