ट्रम्पको आप्रवासी प्रतिबन्धमा गुगल, एप्पल, फेसबुकसमेत ९७ कम्पनीले दिए सामूहिक कानूनी चुनौती

माघ २५  |   बीबीसी

ट्रम्पको आप्रवासी प्रतिबन्धमा गुगल, एप्पल, फेसबुकसमेत ९७ कम्पनीले दिए सामूहिक कानूनी चुनौती

अमेरिकामा सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी एप्पल, फेसबुक र गुगलसमेत ९७ कम्पनीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासी प्रतिबन्धलाई सामूहिक कानूनी चुनौती दिएका छन् ।

यो प्रतिबन्धले आफूहरुको व्यापारमा ठूलो नोक्सानी हुने भन्दै यी कम्पनीले यस्तो चुनौती दिएका हुन् ।

सान फ्रान्सिस्कोको एक अदालतमा दिइएको बयान अनुसार जुन सात मुस्लिम बाहुल देशको नागरिकमाथि प्रतिबन्ध लगाइएको छ त्यसले ती कम्पनीहरुलाई प्रतिभा खोज्न मुश्किल हुनेछ । एक अदालतको आदेशका कारण अहिलेका लागि यो प्रतिबन्ध निलम्बित गरिएको छ ।

एप्पलसँग जोडिएका ड्यानियल ग्रस भन्छन्, ‘म नाजी जर्मनीबाट अमेरिका भित्रिएको शरणार्थीको नाती हुँ । मेरो अस्तित्वका लागि म अमेरिकाप्रति ऋणी छु किनभने अमेरिकाले हाम्रो लागि अवसरको ढोका खोलिदिएको थियो । मेरा हजुरबुवा व्यवसायी थिए र थुप्रै मानिसहरुलाई जागिर दिन्थे । म पनि एक व्यवसायी हुँ त्यसकारण अमेरिकालाई केही फिर्ता गरिरहेको छु ।’

यसका साथै अमेरिकाको न्याय विभागले डोनल्ड ट्रम्पको प्रतिबन्धलाई निलम्बित गर्ने निर्णयलाई चुनौती दिएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल