पाकिस्तानमा अमेरिकी चालकरहित विमान आक्रमण

भदौ १७  |    एजेन्सी

पाकिस्तानमा अमेरिकी चालकरहित विमान आक्रमण

इस्लामाबाद–पाकिस्तानको उत्तरी वजिरिस्तान आदिवासी क्षेत्रमा मङ्गलबार अबेर राति गरिएको एक अमेरिकी चालकरहित विमान आक्रमणको पाकिस्तानले निन्दा गरेको छ ।atytack

सो आक्रमणमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ ।

“पाकिस्तान यसप्रकारको आक्रमणको निन्दा गर्छ किनकी यस्ता आक्रमणले हाम्रो राष्ट्रियता र अन्तर्राष्ट्रिय कानुनको अपमान गर्छ”, पाकिस्तानी विदेशमन्त्रीद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

यस आक्रमणबाट उत्तरी वजिरिस्तानमा नागरिक हताहत भएका छन् उनले बताएका छन् ।

समाचारदाताहरूका अनुसार दत्ता खेल तेसीलको कर्वान्दा क्षेत्रमा अमेरिकी चालकरहित विमानद्वारा दुई वटा क्षेप्यास्त्र आक्रमण गरिएको थियो । यो आक्रमण एक महिनाभित्र गरिएको दोस्रो आक्रमण भएको पनि बताइएको छ ।

यसअघि अगस्ट ६ मा उत्तरी वजिरिस्तानको दत्ता खेल क्षेत्रमा नै गरिएको अमेरिकी चालकरहित विमान आक्रमण परी कम्तीमा सात सदिग्ध आतङ्ककारी मारिएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल