पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ‘मेकालिनक इन्जिनियरिङ’ प्रदर्शनी

२१ माघ

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ‘मेकालिनक इन्जिनियरिङ’ प्रदर्शनी

ललितपुर– दिगोपनका निम्ति नविनता (इनोभेसन फर सस्टेनेविलिटी) नाराका साथ इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियर क्याम्पस ललितपुरमा शुक्रबारदेखि सातौैं राष्टिय मेकालिनक इन्जिनियरिंग प्रदर्शनी सुरु भएको छ ।
सोसाइटी अफ मेकानिलक इन्जिनियरिंग स्टुडेण्टस् र मेकानिकल इन्जिनियरिंग डिपार्टमेन्टको संयुक्त आयोजनामा तीनदिने प्रदर्शनी सुरु भएको हो ।
प्रदर्शनीमा सस्टेनेबल हाउजिंग (दिगो घर) माथि जोड दिइएका स्टलहरु राखिएका थिए । त्यसका लागि कम मात्रै उर्जाको खपट हुने निर्माणमा जोड दिइएको छ ।
इको प्यानलबाट निर्मित घरमा घामबाट विजुली उत्पादन, घामबाटै पानी तताउने, बायो ग्यास र आकाशे पानी संकलन प्रविधि प्रदर्शन गरिएको थियो ।
सस्टेनेबल हाउजिंगका लागि इको प्यानल उपयुक्त हुने स्टलमार्फत देखाइएको छ । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नारालाई आत्मसाथ गरी स्वदेशमै उत्पादन भइरहेको इको प्यानल पूर्ण वातावरण प्रदूषणरहित प्रविधिबाट बनेकोले अवलोकनकर्ताहरुले त्यस स्टलप्रति विशेष रुचि देखाएका थिए ।
पुल्चोक इन्जिनियरिंग क्याम्पसमा अध्यापनरत डा सञ्जीब महर्जनले सिमेन्ट, वालुवा, ईपीएस (चलनचल्तीको भाषामा थर्माेकोल), नन् एस्वेस्टस् क्याल्सियम सिल्केट वोर्डबाट बनेको इको प्यानलमा थर्मल इन्सुलेशन राम्रो भएकोले यो प्यानल नेपालको हिमाली भेग र तराई भेगको निम्ति उपयुक्त रहेको जानकारी दिए ।
यसमा भएको राम्रो थर्माेल इन्स्युलेशनले जाडोमा बाहिरको चिसोपन भित्र आउन नदिने र गर्मीमा बाहिरको तातोपन भित्र आउन नदिने भएकोले जाडो ठाउँंमा स्पेश हिटिंगको निम्ति हिटरमा खपट हुने उर्जा कम हुने र गर्मी ठाउँंमा एसीमा खपट हुने उर्जा कम हुने उनको जिकिर छ ।
दिगो निर्माणका लागि चाहिने उर्जा क्लिन तथा ग्रिन हुनुपर्नेमा विषयमा प्रदर्शनीमा जोड दिइएको छ ।
पुल्चोक इन्जिनियरिंग क्याम्पसमा अध्ययनरत प्रदर्शनीकर्ता आकाश वस्नेतले विभिन्न ननवीकरणीय उर्जाहरुको प्रविधि जडान भएको इको प्यानलबाट निर्मित सस्टेनेबल हाउसको स्टलमा अवलोनकर्ताको विशेष रुचि रहेको बताए ।
स्वदेशमै निर्मित हलुका तथा चाँंडो निर्माण सम्पन्न हुने कारणले गर्दा भूकम्पपश्चातको पुननिर्माणका लागि इको प्यानलका स्टलप्रति अवलोकनकर्ताले विशेष ध्यान दिएको उनले बताए ।

भूकम्पपश्चात् विदेशबाट वर्षेनी अर्वाै रुपैयाँंको प्रिफ्याब् आयात भइरहेको बेला स्वदेशमै इको प्यानल प्रयोग भएको प्रदर्शनीमा देखिएपछि अवलोकनकर्ता खुशी देखिएका थिए । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल