काठमाडौमा ‘स्मार्ट प्राक्टिसेस इन रेष्टुरेण्ट बिजनेश’ तालिम सुरु

माघ १७

काठमाडौमा ‘स्मार्ट प्राक्टिसेस इन रेष्टुरेण्ट बिजनेश’ तालिम सुरु

काठमाडौ– प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले नेपाली पर्यटन क्षेत्रको जनशक्तिको शीप तथा ज्ञान अभिवृद्दि गर्ने उद्देश्यले ‘स्मार्ट प्राक्टिसेस इन रेष्टुरेण्ट बिजनेश’ विषयक २ दिने तालिम सुरु गरेको छ ।
सोमबारबाट सुरु भएको तालिममा होटेल, रेस्टुरेण्ट, एयरलाईन्स तथा होटेल म्यानेजमेन्ट कलेजहरुबाट आएका करीब १९० जनाले सहभागिता जनाएका छन् ।
नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहयोगमा सञ्चालित कार्यक्रममा सहभागिहरुलाई हङकङ्ग पोलिटेक्निक युनिभर्सिटीका प्रोफेसर डा.मुरे म्याकन्सि र र्यान स्मिथले प्रशिक्षण दिनेछन् ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिईओ तथा पाटा नेपालका प्रथम उपाध्यक्ष दीपकराज जोशीले उपस्थित प्रशिक्षक तथा सहभागीरुलाई स्वागत गदै मानव संसाधन सीप विकास र सेवा सुÞदृढीकरण नेपाली पर्यटनक्षेत्रको आवश्यक बिषय भएको भन्दै पाटा नेपाललाई निरन्तर योगदान पु¥याएकोमा धन्यवाद व्यक्त गरे ।
प्रशिक्षकहरुले रेस्टुरेण्ट तथा क्याट्रिङ्ग विजनेसमा नवितम तथा सफल अभ्यासहरु अन्तर्गत स्ट्राटेजिक मेनु डिजाइन, रेस्टुरेण्ट टेक्नोलोजी, वाइन सेलिङ एण्ड मांकेटिङ, फुड एण्ड वाइन पेरिङ्ग, वाइन टेस्टिङ्ग जस्ता बिषयहरुमा प्रशिक्षण दिने पाटा नेपाल च्याप्टरका कार्यकारी प्रबन्धक सुरेश सिहं बुडालले जानकारी दिएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल