कर्ण र मान्डबीले तताए सर्लाही हरिवन

३ माघ

कर्ण र मान्डबीले तताए सर्लाही हरिवन

काठमाडौ – गायक कर्णराज गिरी तथा गायिका मान्डबी त्रिपाटीले सर्लाही तताएका छन् । माघ महिनाको चिसो मौसममा पनि यी गायक गायिकाले आफ्नो संगीतिक प्रस्तुति मार्फत सो स्थान तताएका हुन् ।

कान्तिपुर पाउन्डेसन र चौतारी युवा क्लब सर्लाहीले हरिवनमा एक भमाकेदार संगीतिक कार्यक्रम आयोजना गरेको छ । जसमा गायक, गायिका तथा हाँस्य कलाकारले आफ्नो जोडदार प्रस्तुति राखेका छन् ।

कार्यक्रममा गायक कर्णराज गिरीले आफ्नो संगीतिक प्रस्तुति चलचित्र द्धन्द्ध पावरको ‘पहिलो नचर तिमिसित..’बोलको गीतबाट सुरु गरे । त्यसपछि उनले ‘ह्याङ्क बनायौ’, ‘उनी र म’, ‘चन्चले नानी’, ‘धपधप बलेको तिम्रो मस्त जवानी’ बोलको गीत गाए । कर्णले ‘धपधप बलेको तिम्रो मस्त जवानी’ गीत गाउँदा उपस्थित दर्शकले तारी, सिटीका साथमा नृत्यले समेत दिए ।


त्यस्तै कार्यक्रममा गायिका मान्डबी त्रिपाठीले पनि पाँच गीत प्रस्तुत गर्दा दर्शक नचाउन सफल भइन् । ‘म त भुसक्कै’ गीतबाट आफ्नो प्रस्तुति सुरु गरेकी त्रिपाठीले गायक कर्णसँगको सहकार्यमा एक युगल गीत समेत प्रस्तुत गरेकी थिइन् । गायिका त्रिपाठीले ‘सिम्पल सिम्पल..’बोलको गीत मार्फत दर्शक नचाउन सफल रहिन् ।

कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, शिवशंकर रिजाल लगायतले बिभिन्न हाँस्य प्रस्तुति मार्फत दर्शकलाई पटे मिचिमिचि हाँस्न बाध्य बनाए ।

कार्यक्रम अनाथ बालबालीको सहयोगार्थ आयोजना गरिएको आयोजक मध्यको एक चौतारी युवा क्लब सर्लाहीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल