गिनिज वल्र्ड रेकर्डमा बक्स अफिसका सुबेदी

३ माघ

गिनिज वल्र्ड रेकर्डमा बक्स अफिसका सुबेदी

काठमाडौं – विश्वकै सर्वाधिक उचाईमा पहिलो पटक फिल्म अवार्ड आयोजना गरेका राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डका अध्यक्ष तथा चलचित्र पत्रकार रामबहादुर सुवेदी (आर.के)ले गिनिज बुकमा रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् । गिनिज बुकले ४ हजार ६ सय २७ मिटर उचाईमा फिल्म अवार्ड गरेको भन्दै सुवेदीको नाम दर्ता गरेको हो ।
गिनिज वल्र्ड रेकर्डस्ले सन् २०१६ नोभेम्बर २८ मा हाइएस्ट अल्टिच्यूट एवार्ड सेरोमनी अन ल्याण्ड भनेर आफ्नो नाम रेकर्डमा राखेको सुबेदीले बताए । गत मंसिरमा सगरमाथाको आधार शिविरमा उनले सातौं संस्करणको अवार्ड आयोजना गरेका थिए । जसमा राजधानीबाट चलचित्र निर्माता, निर्देशक, हल व्यवसायी, वितरक, कलाकार र पत्रकारको जम्बो टोली लुक्ला विमानस्थल हुँदै बेश क्याम्प पुगेका थिए । उक्त स्थानमा आधा दर्जन चलचित्रकर्मीहरुलाई उक्त स्थानमा अवार्ड दिइएको थियो । सुबेदीले २०६६ देखि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड गर्दै आएका छन् ।यो अवार्डको नाम पनि गिनिज वल्र्ड रेकर्डले दर्ता गरेको छ ।
‘गिनिज बुककै लागि भनेर आफुले काम गरेको होइन’ सुवेदीले भने ‘ तर आफुले गरेको कामको मुल्यांकन र सम्मान हँुदोरहेछ ।’ २०६७ मा दुबईको आबुधावीमा अवार्ड गरेका सुवेदीले राष्ट्रिय कलाकार भर्सेन कलाकार र पत्रकार भर्सेन कलाकार फुटबल पनि गराउदै आएका उनले थाइल्याण्डको पतैया ब्रिजको समुद्रमाथि पनि अवार्ड आयोजना गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल