करन जोहर भन्छन्, ‘पैसा दिएर २७ वर्षमा भर्जिनिटी गुमाएको थिएँ’

माघ ३  |   एजेन्सी

करन जोहर भन्छन्, ‘पैसा दिएर २७ वर्षमा भर्जिनिटी गुमाएको थिएँ’

फिल्म निर्माता करन जोहरको आत्मवृत्तान्त नायिका काजोलसँगको उनको सम्बन्ध टुटेको खण्डका कारण निकै चर्चामा छ । यस्तै उनको ‘द अन्स्यूटेबल ब्वाई’ मा भएको एक खुलासाले सबैलाई अचम्मित गरिदिएको छ । यो खुलासामा करनले आफ्नो यौन जीवनबारे खुलेर चर्चा गरेका छन् ।

करन जोहरले आफ्नो बायोग्राफीमा आफूले २६ वर्षको उमेरमा ‘भर्जिनिटी’ गुमाएको बताएका छन् । तर उनलाई यसमा कुनै गर्व नभएको उनले बताएका थिए किनभने त्यतिबेला उनी आफ्नो यौनजन्य क्रियाकलाप बारे अनुभव बटुल्न चाहन्थे । उनले यसका लागि न्यूयोर्कमा पैसा दिएको खुलासा गरेका छन् ।

यौन सम्बन्धमा यस्तो अनुभव गरिरहेका थिए करनः

यौन सम्बन्धले उनलाई निकै तनावमा पारेको उनले बताएका छन् । करनले त्यतिबेला दुईपटक सम्बन्ध स्थापित गरेको समेत जानकारी दिए । उनी भन्छन्, ‘पहिलो पटक जब मैले यसका लागि पैसा दिएको थिएँ, त्यतिबेला मैले पूर्ण रुपमा यौन सम्बन्ध बनाएको थिइनँ । त्यसको एक हप्ता पछि म फिर्ता भए । तर मलाई निकै नराम्रो लागिरहेको थियो । मैले आफूले आफैंलाई घृणा गरिरहेको थिएँ ।’

करन थप्छन्, ‘मलाई सम्बन्ध स्थापित गरेकोमा निकै नराम्रो लागिरहेको थियो किनभने मलाई यो बकवास लागिरहेको थियो । यो सबै झुटो थियो किनभने मलाई कृत्रिम खुसी दिनका लागि मैले एकजना व्यक्तिलाई पैसा दिइरहेको थिएँ ।’

धेरै घुम्ने भएकाले मानिसहरुले आफूलाई धेरै सम्बन्ध बनाउँछन् भन्ने मानिसहरुको सोच गलत भएको उनी बताउँछन् । आफूलाई यस्तो विषयमा केही रुची नभएको बताउने उनी आजकाल कोहीसँग पनि सम्बन्धमा नभएको दाबी गर्छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल