७० को उमेरमा २९ वर्ष कान्छीसँग प्रेम बस्यो, ४ विवाह गर्ने यी नायक

माघ ३  |   एजेन्सी

७० को उमेरमा २९ वर्ष कान्छीसँग प्रेम बस्यो, ४ विवाह गर्ने यी नायक

१६ जनवरी सन् १९४६ मा लाहोर (पाकिस्तान) मा जन्मिएका कबिर बेदी ७१ वर्ष भइसकेका छन् । आफ्नो ७० औं जन्मदिनको एक दिन पहिले सन् २०१६ मा उनले आफूभन्दा २९ वर्ष कान्छी प्रेमिका परबिन दोसान्जसँग विवाह गरे । अचम्मको कुरा के छ भने कबिरकी चौथी श्रीमती परबिन (उमेर करिब २४ वर्ष) उनकी छोरी पूजा बेदी (४६) भन्दा चार वर्ष कान्छी छिन् । स्मरण रहोस्, परबिन बेलायती कूलकी नायिका र मोडल हुन् जो करिबसँग करिब १० वर्षसम्म लिभ इन सम्बन्धमा बसेकी थिइन् ।

कबिरको पहिलो विवाह डान्सर प्रोतिमा बेदीसँग सन् १९६९ मा भएको थियो । प्रोतिमा–कबिरका दुई सन्तान छन् – छोरी पूजा बेदी र छोरा सिद्धार्थ । प्रातिमाले कबिरसँग सम्बन्धविच्छेद गरेपछि आफूले कबिरलाई जस्तो अरु कसैलाई पनि माया गर्न नसक्ने बताउँदै आएकी छिन् । यसैबिच छोरा सिद्धार्थको आत्महत्याले कबिर र प्रोतिमा दुबैलाई निकै ठूलो झट्का लाग्यो । केहि समयपछि प्रोतिमाको पनि एक दुर्घटनामा मृत्यु भयो ।

परबीन बाबीसँग रह्यो सम्बन्धः

प्रोतिमासँग सम्बन्ध खराब भएपछि कबिरको परबीन बाबीसँग सम्बन्ध रह्यो । कबिरसँग परबिनले हलिउडसम्मको यात्रा गरिन् तर पछि परबीनले आफूलाई कबिरले वास्ता गर्न छाडेको महसुस भयो । त्यसको केही समयपछि दुबैको बाटो अलग्गियो ।

बेलायती फेसन डिजाइनरसँग गरे दोस्रो विवाहः

परबिन बाबीपछि कबिरको सम्बन्ध बेलायती फेसन डिजाइनर सुसेन हम्फ्रेससँग जोडियो । दुबैले विवाह गरे । सुसेन र कबिरका एक छोरा पनि छन् । छोरा एडम बेडी अन्तर्राष्ट्रिय मोडल हुन् । यद्यपी, उनीहरुको विवाह पनि धेरै दिनसम्म टिक्न सकेन र सम्बन्धविच्छेद भयो ।

रेडियोकी कार्यक्रम प्रस्तोतासँग तेस्रो विवाहः

सन् १९९० को दशकमा कबिरले तेस्रो विवाह टेलिभिजन र रेडियो कार्यक्रम प्रस्तोता निक्कीसँग गरे । सन् २००५ मा पनि उनीहरुको सम्बन्धबिच्छेद भयो । दुबैको सन्तान छैनन् । त्यसपछि कबिर बेलायती मूलकी नायिका र मोडल परबिन दोसांजसँग सम्बन्धमा रहे । १० वर्षसम्म लिभ–इनमा बसेपछि दुबैले विवाह गरे ।

आफताबका साढू दाइ हुन् कबिर बेदीः

कबिर बेदी नायक आफताब शिवदासानीका साढू भाइ हुन् । कबिरकी श्रीमती परबिन र आफताबकी श्रीमती निन दोसांज दिदी बहिनी हुन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल