चलचित्र महोत्सवमा कालो पोथी बेस्ट फिल्म, बृत्तचित्रमा ब्लाक सिट

३ माघ

चलचित्र महोत्सवमा कालो पोथी बेस्ट फिल्म, बृत्तचित्रमा ब्लाक सिट

धरान –अखिल नेपाल चलचित्रकर्मी संघले धरानमा आयोजना गरेको पाँच दिने महोत्सब आइतबार सकिएको छ । अन्तराष्ट्रिय विधातर्फ गौतम बुद्ध बेस्ट फिक्सन फिल्म अवार्ड कालोपोथीलाई दिँदै महोत्सव सकिएको हो ।
विभिन्न सात देशका नौ ओटा चलचित्रलाई पछि पार्दै मिन बहादुर भामद्धारा निर्देशित कालोपोथी बेस्ट फिक्सन फिल्म बन्न सफल रह्यो । यसले ट्रफी सहित एक हजार अमेरिकी डलर हात पारेको छ ।
त्यस्तै महोत्सबमा इन्टरनेशलन डक्युमेन्ट्री तर्फको पाँच सय डलर सहितको बेस्ट एभेरष्ट अवार्ड रसियन बृत्तचित्र ब्लाक सिटले जित्दा सर्ट फिल्म तर्फको तीन सय अमेरिकी डलर सहितको बेस्ट रारा अवार्ड भारतको सामुदायिक लघू चलचित्र जादुई मछ्लीले हात पार्यो ।
यस्तै नेपाल पानोरमा तर्फको अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड बालकृष्ण समले हासिल ग¥यो । दिनेश पाल्पाली निर्देशक निर्देशित यो चलचित्रले ५० हजार रुपैयाँ सहित श्रीजँगा अवार्ड जित्यो । नेपाल पानोरमा तर्फको उत्कृष्ट बृत्तचित्रको अवार्ड सचिन घिमिरे र गौरब केसी निर्देशित बृत्तचित्र म अलप हुन चाहन्छुले जित्यो । मानवशास्त्री डोरबहादुर बिष्टको जीवनीमा आधारित यो चलचित्रले ३० हजार रुपैयाँ सहित रामप्रसाद राई अवार्ड हाँसिल ग¥यो ।
नेपाल पानोरमा तर्फ नै २० हजार रुपैयाँ राशी सहितको चतुरमान राजबँशी उत्कृष्ट लघू चलचित्रको अवार्ड सेनाङ ग्याम्जो तामाङ निर्देशित लघू चलचित्र झालोले जित्यो । यो लघू चलचित्र हिँसा गर्नु हुन्न भन्ने बुद्धसन्देशमा केन्द्रित थियो ।
महोत्सब आयोजक सँस्था अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केपी पाठकले प्रदेश नम्बर १को धरानबाट सुरु गरिएको यो महोत्सबलाई सात बर्ष भित्र मुलुकका सात ओटै प्रदेशमा आयोजना गरिने जानकारी गराए ।
महोत्सवमा विभिन्न १६ देशका ४८ चलचित्र प्रदर्शन गरिएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल