तेरियालाई जिताउन भोट माग्दै हजुरबुबा कृष्णबहादुर काठमाडौंमा

माघ ३

तेरियालाई जिताउन भोट माग्दै हजुरबुबा कृष्णबहादुर काठमाडौंमा

काठमाडौं –भारतीय टीभी कलर्सको डान्स रियालटी सो ‘झलक दिखला जा’मा फाइनलसम्मको यात्रा तय गर्न सफल तेरिया फौजा मगरलाई जिताउन भोटको अपिल गर्दै उनका हजुरबुबा कृष्णबहादुर फौजा मगर काठमाडौ आइपुगेका छन् ।
राजधानीको पुतलीसडक स्थित पलेटी क्याफेमा आज आयोजित एक कार्यक्रममा मगरले तेरियालाई भोट दिएर जिताउन सबैलाई आग्रह गरेका छन् ।
‘धेरै दुःखले तेरिया झलकको उपाधि नजिक पुगेकी छन्’ मगरले भने ‘हामीले सानो सहयोग गर्दा उनले उपाधि चुम्न सक्छिन् ।’ तेरियाले उपाधि चुमे देशको नाम अन्तराष्ट्रिय क्षेत्रमा चिनिने उनको भनाई थियो । डीआईडीको बिजेता गराउन पनि नेपाली दाजुभाइको अतुलनिय सहयोग रहेको उल्लेख गर्दै मगरले अब फेरी एकपटक त्यस्तै सहयोगको खाचो रहेको धारणा राखे ।
तेरियालाई जिताउन मगरकै अध्यक्षतामा तेरिया मगर फाउण्डेसन समेत गठन गरिएको छ । फाउण्डेसन मार्फत मगर देशको बिभिन्न भागमा भोटको अफिल गर्दै काठमाडौ आइपुगेका हुन् ।
तेरियालाई जिताउन धेरै एसएमएस र इमेल भोटको आवश्यकता रहेको छ । उनलाई भारतिय सिमकार्ड प्रयोग कर्ताले एसएमएस भोट मार्फत र अनलाई भोट गर्न चाहनेले एक अनलाई सिपिबाट एकसाय पटक भोट गर्न सकिनेछ । १९ जनवरी राती ९ बजेसम्म खुल्ला रहने भोटिङ लाईन गत १४ जनवरीबाट सुरु भएको हो ।
तेरिया भारतीय सिनियर डान्स स्टार बीच प्रतिस्पर्धा गर्दै फाइनलमा आएकी हुन् । विजेताहरु बीच प्रतिस्पर्धा रहने यो प्रतियोगिता भारतीय टीभी सोको सर्वाधिक पुरस्कार राशिको हो । प्रतिस्पर्धाको विजेताले ३० लाख भारतीय रुपैयाँको साथमा रेनाल्ड डस्टर ब्रान्डको कार जित्न सक्ने छन् ।
१४ वर्षे तेरियाले डीआईडी विजेताको तर्फबाट ‘झलक दिखला जा’ सिजन ९ मा प्रवेश पाएकी हुन् । फाइनलमा उनले ‘डीआईडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’का पूर्व विजेता सलमान युसुफ खान र वल्र्ड हिपहपका च्याम्पियनसिपका विजेता सानतनु महेश्वरीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

भोटिङको लागि
Type Ter & send to 56882
Online voting website : www.colorstv.comरjhalak

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल