‘बाख्रा स्टाइल’ गीतले चर्चित आरती

२ माघ

‘बाख्रा स्टाइल’ गीतले चर्चित आरती

काठमाडौं – झापाकी आरती ओझा यतिखेर पुर्वमा निकै चर्चित छन् । तराई आइडल तथा एक्टिङ कम्पिटिसन् २०७३ मा पहिलो उपाधि बिजेता उनी कमेडी गायक श्रीकृष्ण लुईटेलको ‘बव्लु’ एल्वममा समावेश गीत ‘यो हो बाख्रा स्टाईल’को म्युजिक भिडियो अभिनयबाट चर्चामा छाएकी हुन् ।
पुर्वमा बालकदेखि बृद्धासम्मको मुख यो गीतले डेरा जमाएको छ । ‘बाटोमा हिड्दा ए बाख्रे स्टाईल भनेर जिस्क्याउछन्’ आरती भनिन् ‘एक गीतबाटै यति धेरै चर्चा हुन्छ भन्ने मैले सोचेकी पनि थिइन।’
हिमशिखर टेलिभिजनबाट प्रसारीत ‘स्टुडेन्ट’ सिरियलकी प्रमुख कलाकार उनी अभिनयका कारणले पनि चिनिएकी छन् । एक्टिङ कम्पिटिसनबाट खारिएकी आरतीलाई निर्देशक ज्ञानेन्द्र कोईरालाले सिरियलमा प्रवेश गराएक हुन् । आशाको भुमिकामा प्रस्तुत भएकी आरतीको बोल्ने शैलीले गर्दा सिरियल पनि पुर्वमा चर्चित छ ।
चलचित्रका पनि अफर आएका छन् । निर्देशक ,निर्माता कर पनि गर्छन् । तर स्क्रिप चित्त बुझ्दो नभएर ओके नगरेको उनले खुलाइन् । ‘अभिनयकै लागि यो क्षेत्रमा आएकी हुँ ,राम्रो स्क्रिप पाए चलचित्र अभिनय पनि गर्छु’ उनले सुनाइन् । केही म्युजिक भिडियो र अर्कँे सिरियल पनि उनको आउने तरखरमा छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल