भाग्यले बाँचेकाहरुले रुवायो दर्शक

२ माघ

भाग्यले बाँचेकाहरुले रुवायो दर्शक

धरान – धरानमा जारी अन्तराष्ट्रिय चलचित्र महोत्सव आज सकिदैछ । गत २७ बाट जारी महोत्सवमा आज समेत गेर १६ देशका ४८ चलचित्र प्रदर्शन हुनेछन् ।
महोत्सवको चौधो दिन शनिबार वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु प्रदर्शन गरियो । ०७२ वैशाख १२ को भूकम्पमा परेर पनि बाँच्न सफल कथाहरु लिएर निर्देशक गणेश पाण्डेले बनाएको उक्त बृतचित्र हेर्दा दर्शकका आँखा रसाएका थिए ।
बिपी प्रतिष्ठानको अडिटोरियम हलमा खचाखच भरिएको दर्शकले वृत्तचित्र हेरिसकेपछि उनीहरू त साँच्चै भाग्यले नै बाँचेका रहेछन् भन्ने प्रतिक्रिया दिए । बृतचित्रमा काठमाडौँको ‘नौतले धरहरा’ ढल्दासमेत सामान्य मात्र घाइते भएकी बबिता सेढाईं देखि गोंगबुको एउटा गेस्टहाउसबाट सकुशल उद्धार गरिएका पेम्बा लामासम्मको कथा समेटिएको छ ।
‘भाग्यले बाँचेकाहरू’ हालसम्म ३२ देशमा प्रर्दशन भइसकेको छ । वृत्तचित्रले विभिन्न देशमा १३ वटा अवार्ड जितिसकेको निर्देशक पाण्डेले जानकारी दिए ।
त्यस्तै ‘भाग्यले बाँचेकाहरू’सँगै शनिबार महोत्सवमा मीनबहादुर भामले निर्देशन गरेको ‘कालो पोथी’, अरुण प्रधानले निर्देशन गरेको याख्या संस्कृतिमा आधारित ‘ओम्ला’, सेनाङ ग्याम्लो तामाङले निर्देशन गरेको ‘झालो’ पनि प्रदर्शन भए । यी सबै चलचित्र दर्शकले पनि रुचाएका थिए । अन्य दिनमा भन्दा शनिबार महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता थियो ।
आज महोत्सवमा प्रर्दशित मध्य उत्कृष्ठ ठहरिएका चलचित्रलाई निम्न शिर्षकमा पुरस्कारले समेत पुरस्कृत गरिनेछ ।
नेपाल पानोरमाः
‘श्रीजँगा अवार्ड’, ‘रामप्रसाद राई अवार्ड’, ‘चतुरमान राजबँशी अवार्ड’
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाः
‘गौतमबुद्ध बेस्ट फिचर फिल्म अवार्ड’, ‘माउन्ट एभरेन्ट बेस्ट डक्युमेन्ट्री अवार्ड’ ‘रारा बेस्ट सर्ट फिल्म अवार्ड’

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल