काठमाडौँ– नयाँ शक्ति नेपालमा सक्रिय भएदेखि अभिनेत्री करिस्मा मानन्धर थप चर्चाको पात्र बनेकी छिन् । उनले नयाँ शक्ति नेपालको घोषणा सभामा गरेको उद्घोषणलाई लिएर धेरै टीकाटिप्पणी पनि भए । सो समय उनले बोलेको अङ्ग्रेजीको व्यापक आलोचना भयो । तर उनी भने आफ्ना बारेमा भएका नकारत्मक टिप्पणीलाई सकारत्मक रुपमा लिएर अगाडि बढी नै रहिन् ।
एक दिन नीतिनियम बनाउने ठाउँमा पुग्ने उनको अर्काे लक्ष्य हो । करिब तीन दशक अभिनयमा बिताएकी करिस्मा कला क्षेत्रको सदाबहार अभिनेत्री पनि हुन् । फेसन सेन्स पनि त्यतिकै राम्रो छ उनको । कुनै पनि कार्यक्रममा पुग्दा, उनको कपडाको खुबै चर्चा हुने गर्छ । कुनै कार्यक्रममा धेरैलाई प्रतीक्षा हुने गर्छ कि, करिस्मा आज कुन पहिरनमा कसरी आउँछिन् । थुपै चलचित्र, म्युजिक भिडियो, विज्ञापन चलचित्र अभिनय गरेकी करिस्मासँग रातोपाटीले राखेको दस प्रश्न :
जाडोमा सौन्दर्यको ख्याल कसरी गर्नुहुन्छ ?
जाडोमा महिलाहरुले सौन्दर्यको विषेश ख्याल गर्नुपर्छ । यसका लागि पहिलो मुख्य भनेको पानी हो । जाडोमा जति सक्तो बढी पानी खाने गर्नुपर्छ । यसले महिलाको सौन्दर्यमा निखार ल्याउन सहयोग पुर्याउँछ । धेरै हदसम्म मेरो सौन्दर्यको राज पानी नै हो । म जहिले पनि धेरै पानी खाने गर्दछु । त्यसपछि लोसनमा ध्यान दिनुपर्छ । चिसोले भेट्ने शरीरिका भाग जतिमा लोसन लगाउँछु ।
व्यायाम गर्ने गर्नुभएको छ ?
गर्छु, तर केही समय भयो । चिसोले गर्दा मेरो शरीरका विभिन्न भागमा इन्फेक्सन भएको छ । यसले गर्दा विगत तीन हप्तादेखि मैले फिटनेस गर्न पाएकी छैन । अब केही दिनपछि फेरि रेगुलर सुरु गर्छु । नियमित एक्सरसाइले मलाई फिट एन्ड फाइन रहन मद्दत पुर्याइरहेको छ ।
रोग पनि छ कि ?
भगवानको कृपाले अहिलेसम्म त्यस्तो रोग छैन । अहिलेलाई भन्ने हो भने यो वर्षको जाडोले रुघा लागेको छ । घाँटी दुखिरहेको छ । अहिलेसम्म यस्तो कहिलै पनि भएको थिएन । अरुलाई पनि आग्रह गर्न चाहन्छु । शरीरको विभिन्न भाग जसरी जाडोबाट बचाउनु हुन्छ । घाटी भन्दा माथिका भागलाई पनि बचाउनुस् । नत्र समस्यामा पर्न सकिन्छ ।
जाडोका लागि के सपिङ गर्नुभयो ?
यस पटक मैले केही पनि सपिङ गरिनँ । पहिलेकै जाडोको पहिरन टन्नै छ । त्यसैले काम चलाउने विचार गरेकी छु । मेरो बानी अचम्मको छ । त्यो के हो भने जाडोमा पनि म धेरै लुगा लगाउन सक्दिन । तातो आउने लुगाा चाहिँ लगाउँछु ।
तपाईंको रोजाइको खाना के हो ?
यही हो भन्ने छैन । समयअनुसार फेर्न रुचाउँछु । जाडोको कुरा गर्ने हो भने दालमा घिउ हालेर खान मनपर्छ । ड्राई फुडहरुमा विषेश जोड दिने गर्छु । भोक लागेको बेलामा जे भए पनि हुन्छ । रोजाइको खाना भनेको माछाको जुनै पनि परिकार मनपर्छ ।
घुम्न मनपर्ने ठाउँ पनि त होला नि ?
मलाई पोखरा घुम्न सारै मनपर्छ । जाडो होस् या गर्मी । जुनै समय पनि म पोखरा पुगिरहेकी हुन्छ । पोखरा मेरो अल टाइम फेभरेट ठाउँ ।
बिर्सनै नसक्ने खुसीका क्षण छन् ?
धेरै छन् । हरेक नयाँ कुरामा मलाई खुसी लाग्छ ।
रुनु भएको छ कि छैन ?
मानिस भएपछि रुने र हाँस्ने चलिरहन्छ । यो इमोसनले गराउने हो । इमोसन नभएको मानिस नै हुँदैनन् होला । कसैले म कहिलै रुन्न भन्यो भने त्यसले झुठ बोल्यो भन्दा हुन्छ । किनभने सामान्य मानिसको जीवनमा हासो, खुसी, रोदन सबै हुन्छ । भन्न नमिल्ने त्यस्ता धेरै क्षण छन् म रोएका ।
पैसा बोक्न बिर्सिएर अप्ठ्यारो परेको छ कि छैन ?
धेरै चोटि परेको छ । किनभने म आफूलाई जहिले पनि धेरै धनी महसुस गर्ने खालकीे मानिस हुँ । तर कहिले काहीँ मेरो पर्स गरिब हुँदो रहेछ । कहिले कहिले थाहा नै नभई पर्स पनि घरमै मिस हँुदो रहेछ । त्यो आफूलाई थाहा नै हुँदैन । एक पटक ललितपुरमा मैले सपिङ गरेँ । सामान प्याक गरेँ । तर पैसा तिर्न लाग्दा मेरो पर्स रहेन छ । मलाई अप्ठ्यारो लाग्यो । मैले सुनाएँ । सामान किनेको ठाउँमा पछि दिए पनि हुन्छ भन्नु भयो । अप्ठ्यारो लागीलागी समान लिएर घरतिर हिँडेँ । भोलिपल्ट सम्झेर पैसा तिरेँ ।
भर्खर राजनीतिमा होमिनुभएको छ, के गर्ने लक्ष्य छ ?
राजनीतिमा लागेर केही बन्दिन भन्नु झुट बोल्नु हो । राजनीतिमा लागेपछि मन्त्री, प्रधानमन्त्री बन्ने लक्ष्य सबैको हुन्छ । यही भनेर अहिले भन्न मिल्दैन । तर नीतिनियम निर्माण गर्ने ठाउँमा पुग्ने लक्ष्य मेरो छ ।
काठमाडौं, जेठ २८– विभिन्न सामाजिक काममा पाईला अघि बढाउँदै आएको संस्था ’लिभ एण्ड लिड ईन्टरनेशनल’को तर्फबाट पहिल..
काठमाडौं, जेठ २८ – चर्चित भारतीय गायक कुमार सानु राजधानी गुन्जने भएका छन् । जुलाई १५ अर्थात ३१ असारमा आयोजना ह..
काठमाडौं, जेठ २८ – सिन्धुपाल्चोककी १७ वर्षिया अनिता लामाले मिस मंगोल नेपाल २०१७ को उपाधि चुमेकी हुन् । शनिबार ..
एजेन्सी जेठ २८ – शनिबार सलमान खानले सुनिल ग्रोवर, अली असगर, सुगन्धा मिश्रा र संकेत भोसलेसँग विशेष कार्यक्रम ‘स..
एजेन्सी जेठ २८ – बलिउड अभिनेता सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा पछिल्लो रात एक अचम्मको घट..
काठमाडौं, जेठ २८ – समिक्षक समेत रहेका पत्रकार दीपेन्द्र लामाको चलचित्र ‘घामपानी’ सिंगापुरमा प्रदर्शन गरिएको छ ..
काठमाडौं, जेठ २८ – पोखरामा आयोजित ‘फेशन ट्रेड’ नामक दुई महिने फेसन शो सकिएको छ । फेसियल हाउसले पोखरा ट्रेड महल..
काठमाडौं, जेठ २८ – गीतमा कमेडि र ब्याङ्ग्य दुबै प्रस्तुत गर्न गायक श्री शक्ति बराईलीको आवाज रहेको ‘तिमिसंग घुम..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..