यी सुन्दरीले गर्दैछिन् फिफा वर्ष खेलाडीको कार्यक्रम प्रस्तुत

पुस १९

यी सुन्दरीले गर्दैछिन् फिफा वर्ष खेलाडीको कार्यक्रम प्रस्तुत

जुरिच – आगामी जनवरी ९ मा हुने कार्यक्रमबीच यस पटकको फिफा वर्ष खेलाडीको घोषणा हुँदैछ ।
यस वर्ष हुने कार्यक्रमको प्रस्तोता चयन गरिएको छ । मिडियाका अनुसार नायिका इभा लोन्जोरिना र जर्मन टेलिभिजन प्रस्तोता मार्को स्रेयलले गर्ने छन् ।
यस पटक एन्टोनियो ग्रिजमान, लियोनेल मेस्सी र क्रिस्टियानो रानोल्डो तीन फाइनलिस्टको रुपमा रहेका छन् ।


लोन्जोरिया सन् २००४ र २०१२ बीच डेस्परेट हाउसवाइफबाट चर्चामा आएकी थिइन् ।
४१ वर्षीय नायिका गोल्डन ग्लोब अवार्डमा पनि मनोनित भएकी थिइन् ।


स्रेयलले जर्मनीको पप आइडल र जर्मनी गट ट्यालेन्ट कार्यक्रमको प्रस्तोता थिए । उनले सन् २००४ को ओलम्पिक खेलमा पनि प्रस्तोताको रुपमा काम गरेका थिए ।
बालोन डि’ओरबाट अलग भएपछि यसपटक फिफा एक्लैले यो अवार्ड प्रदान गर्न लागेको थियो ।


कार्यक्रममा उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलको उपाधि पनि प्रदान गरिनेछ ।
यस वर्षको बालोन डि ओरको उपाधि रोनाल्डोले जितेका छन् । र, फिफा वर्षको प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल