लण्डन – १० खेलाडीमा सिमित बनेको वेस्ट ह्यामलाई २–० गोलले पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले पाँचौ स्थानमा रहेको टोटनहमसँग अंक बराबर गरेको छ ।
खेलको १५ औँ मिनेटमा सोफियान फेघोलीले रातो कार्ड पाएपछि ह्यामर्सले खेलको ७५ मिनेट मात्र १० खेलाडीमा खेलेको थियो । फिल जोन्सलाई फल हानेपछि रेफ्री माइक डिनले फेघोलीलाई सिधै रातो कार्ड देखाएका थिए ।
तर, रिप्लेमा भने दुवै खेलाडीले बलका लागि जुध्दा घटना भएको देखिएको थियो ।
यस सिजन यो सबैभन्दा चाँडो देखाइएको रातो कार्ड पनि थियो । माइक डिनले यो सिजन देखाएको पाँचौ रातोकार्ड पनि हो ।
तैपनि १० खेलाडीमा सिमित वेस्ट ह्यामविरुद्ध गोल गर्न युनाइटेडले खेलको ६३ औँ मिनेटसम्म पर्खनुपरेको थियो । मार्कस रासफोर्डको पासमा हुवान माटाले युनाइटेडलाई अग्रता दिलाए ।
त्यसपछि ७८ औँ मिनेटमा ज्लाटान इब्राहिमोविचले अग्रता दोब्बर बनाए । यो गोल पनि विवादमै रह्यो । यसमा ज्लाटानसहित ३ खेलाडी अफसाइड थिए ।
यो जोसे मोरिन्होको प्रिमियर लिगमा लगातार छैटौँ जीत हो र सबै प्रतियोगितामा लगातार सातौँ जीत हो । युनाइटेड पछिल्ला १३ खेलमा अपराजित रहेको छ ।
उता, अर्को म्यान्चेस्टर क्लब सिटी भने १० खेलाडीमा सिमित भएर पनि बर्नलीलाई पराजित गरेको छ ।
पहिलो हाफको ३२ औँ मिनेटमा फर्नान्डिन्होलाई गुमाए पनि खेलको दोस्रो हाफमा गेल क्लिसी र सर्जियो अगुएरोको गोलको मद्दतले सिटीले २–० को अग्रता बनायो ।
तर, निकै राम्रो खेल प्रदर्शन गरेको बर्नलीका लागि बेन मिले खेलको ७० औँ मिनेटमा गोल गरेपछि खेल निकै रोमाञ्चक बनेको थियो ।
यद्यपि, त्यसपछि कुनै टोलीले गोल गर्न सकेन र सिटीले २–१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
जीतसँगै सिटी २० खेलबाट ४२ अंकसहित लिगको तेस्रो स्थानमा उक्लेको छ ।
हिजो भएको अन्य खेलमा जर्मेन डिफोयले पेनाल्टीमार्फत दुई गोल गरेपछि लिभरपुल सन्डरल्याण्डसँग २–२ को बराबरीमा रोकिएको छ ।
लिभरपुलले खेलमा दुई पटक अग्रता लिए पनि डिफोयले दुवै पटक खेल बराबरीमा ल्याए । यस सिजन सन्डरल्याण्डले गरेका १९ मध्ये ११ गोल डिफोयले गरेका छन् ।
लिभरपुलका लागि डेनियल स्टरिज र साडियो मेनले गोल गरेपछि जितका लागि काफी हुन सकेन ।
उता, घरेलु मैदानबाहिरको खराब फर्मलाई जारी राख्दै डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी मिडल्सब्रोसँग गोलरहित बराबरीमा रोकिएको छ ।
एभर्टनले भने साउथह्याम्पटनलाई ३–० ले हरायो ।
भीमदत्तनदगर – आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत मा..
काठमाडौँ – निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवविरुद्ध आइतबार सप्तरी जिल्लाको राज..
-किरण श्रेष्ठ तनहुँ, २९ जेठ – गत बुधवार धारिलो हतियार प्रहार गरी मर्यो भनि फ्याँकिएका व्यास न.पा. वडा नं..
रामेछाप, जेठ २८ – बीर अस्पतालमा उपचार गराइरहेकी रामेछापको मन्थली नगरपालिका–७ ओढारेकी ४४ वर्षिय हस्तमाया माझी अ..
काठमाडौँ, जेठ २८ – नेकपा (एमाले) निकट पेसागत महासङ्घ नेपालले एक हजार २०० मेगावाटको राष्ट्रिय गौरवको बूढीगण्डकी..
काठमाडौ, जेठ २८– तराई मधेशको माग पूरा गर्न दुई नम्बर प्रदेशको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस..
ओपेन्द्र बस्नेत तुलसीपुर, जेठ २८– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कुनै पनि शक्तिले रोक्न नसक्न..
काठमाडौं, जेठ २८– स्थानीय तहले अनुदान रकमबाट सवारी साधन खरिद गर्न नपाउने भएका छन । स्थानीय तहलाई सामाजिक सुरक्..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..