महिला साफ च्याम्पियनसिप : नेपाल र भारतबीचको खेल चल्दै

पुस १८

महिला साफ च्याम्पियनसिप :   नेपाल र भारतबीचको खेल चल्दै

काठमाडौं– महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा अहिले नेपालले भारतसँग खेलिरहेकाे छ ।

अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको नेपाल र भारत यसपाली भारतको सिलिगुढीमा जारी साफमा भने फाइनल अघि नै भिड्ने भएका हुन् ।
भारतको गुवाहाटीमा फागुनमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारतबीच भएको प्रतिस्पर्धामा भारत विजयी भएको थियो । त्यसयता दुई टोलीबीच सोमबार भेट भएकाे हो ।

शनिबार समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल र भारतको सेमिफाइनल भेट पक्का भएको हो ।

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले भारतसँगको सेमिफाइनल टोलीका लागि फाइनल सरह हुने बताएका छन् ।
अघिल्ला तीनैं संस्करणमा फाइनलमा मात्र भेटेको भारतसँग नेपालले यसपटक एक कदम अगाडि नै सामना गर्नुपर्ने भएको छ । ‘हाम्रो लागि भारतसँगको खेल अत्यन्तै महत्वपूर्ण छ’ थापाले भने ‘त्यो सेमिफाइनल भएपनि हाम्रो लागि फाइनल सरह हुनेछ ।’ उनले भारतविरुद्ध सफल हुने विश्वास पनि व्यक्त गरेका छन् । उनले भने, ‘हाम्रा सबै खेलाडी फिट छन् र हामी सफल नतिजाका लागि प्रयास गर्नेछौं ।’

भारतीय टोलीका प्रशिक्षक दारले नेपाललाई बलियो प्रतिद्वन्द्वि मानेका छन् । ‘नेपाल निकै बलियो टोली हो । हामी सागमा जस्तै प्रदर्शन गर्ने प्रयास गर्नेछौं’ उनले भने,‘सावित्रा निकै खतरनाक छिन् उनलाई रोक्ने योजना बनाउनेछौं ।’

भिडियो सौजन्यः गोलनेपाल 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल