पाँचथर- पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा विर्ता युनाइटेड क्लब झापा–११ ले फराकिलो जीत हाँसिल गरेको छ ।
शेर फुटवल क्लब कालिङपोङ भारतलाई ७–० को गोल अन्तरले पराजित गर्दै झापाले विजयी सुरुवात गरेको हो । झापाका लागि स्टार स्ट्राइकर कर्ण लिम्बूले ४, स्ट्राइकर रञ्जित श्रेष्ठले २ र निशान खड्काले १ गोल गरे ।
खेलको अधिकांश समय कालिङपोङलाई दबावमा राख्न सफल झापाका लागि कर्णले खेल अन्तर्गत पहिलो हाफको १३ औँ, २५ औँ र ३१ औँ मिनेटमा तथा दोश्रो हाफको १३ औँ मिनेटमा गोल गरे ।
यस्तै निशान श्रेष्ठले पहिलो हाफको २२ औँ र ३५ औँ मिनेटमा गोल गरे । यस्तै निशान खड्काले कर्णकै पासमा पहिलो हाफको २७ औँ मिनेटमा गोल गरे । आइतवारको खेलको म्यान अफ दि म्याच कर्ण लिम्बू घोषित भए ।
प्रतियोगिता अन्तर्गत सोमवार हुने खेलमा हिमालयन शेर्पा क्लब काठमाण्डौँ र एलेभेन एरोज दुहवी सुनसरीवीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले जानकारी दिए ।
१६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको स्मृतिमा सञ्चालित प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैँया र उपविजेताले १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछ । प्रतियोगिता आगामी पुष २४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ..
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्..
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले..
एजेन्सी जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक प्रश्न उठिरहेको छ । यसमा हुने ..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श..
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्..
एजेन्सी जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यति..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..