सिलगुढी–नेपालले पहिलो पटक भारतसँग महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको नेपाल र भारत यसपाली भारतको सिलिगुढीमा जारी साफमा भने फाइनल अघि नै भिड्ने भएका हुन् ।
नेपालले सोमबार भारतसँग फाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ । भारतको गुवाहाटीमा फागुनमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारतबीच भएको प्रतिस्पर्धामा भारत विजयी भएको थियो । त्यसयता दुई टोलीबीच सोमबार भेट हुनेछ ।
शनिबार समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल र भारतको सेमिफाइनल भेट पक्का भएको हो । सिलगुढीको कञ्चनजंगा स्टेडियममा गोलरहित बराबरी खेलेपछि भारत समूहको उपविजेताका रुपमा अघि बढ्दै बंगलादेश समूह ‘बी’को विजेता बनेको छ ।
नेपाल समूह ‘ए’को विजेता हो भने माल्दिभ्स उपविजेता । अब अर्को सेमिफाइनलमा बंगलादेश र माल्दिभ्सबीच हुनेछ ।
भारत र बंगलादेशले अर्को टोली अफगानिस्तानलाई हराएको गोलको अन्तरमा विजेता, उपविजेताको टुंगो लागेको छ । भारतले ५–१ ले हराएको अफगानिस्तानलाई बंगलादेशले ६–० ले पराजित गरेको थियो ।
महिला साफ च्याम्पियनसिपको ६ बर्ष लामो इतिहासमा भारत पहिलो पटक बराबरीमा रोकिएको हो । नेपाल समूह चरणका तीनै खेल जितेर विजेता बनेको थियो भने दुई खेल जितेको माल्दिभ्स उपविजेता । श्रीलंका १ खेल जित्दै र भुटान अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । अर्को समूहबाट अफगानिस्तान च्याम्पियनसिपबाट बाहिरसकेको छ ।
‘हामी भारतलाई रोक्छौं’
नेपाली महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले भारतसँगको सेमिफाइनल टोलीका लागि फाइनल सरह हुने बताएका छन् ।
अघिल्ला तीनैं संस्करणमा फाइनलमा मात्र भेटेको भारतसँग नेपालले यसपटक एक कदम अगाडि नै सामना गर्नुपर्ने भएको छ । ‘हाम्रो लागि भारतसँगको खेल अत्यन्तै महत्वपूर्ण छ’ बंगलादेश र भारतको खेल हेरेपछि थापाले भने ‘त्यो सेमिफाइनल भएपनि हाम्रो लागि फाइनल सरह हुनेछ ।’ उनले भारतविरुद्ध सफल हुने विश्वास पनि व्यक्त गरेका छन् । उनले भने, ‘हाम्रा सबै खेलाडी फिट छन् र हामी सफल नतिजाका लागि प्रयास गर्नेछौं ।’
भारतीय टोलीका प्रशिक्षक दारले नेपाललाई बलियो प्रतिद्वन्द्वि मानेका छन् । ‘नेपाल निकै बलियो टोली हो । हामी सागमा जस्तै प्रदर्शन गर्ने प्रयास गर्नेछौं’ उनले भने,‘सावित्रा निकै खतरनाक छिन् उनलाई रोक्ने योजना बनाउनेछौं ।’
काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ..
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्..
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले..
एजेन्सी जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक प्रश्न उठिरहेको छ । यसमा हुने ..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श..
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्..
एजेन्सी जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यति..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..