समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा (हेर्नुहोस् ६ तस्विर)

पुस १५

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा (हेर्नुहोस् ६ तस्विर)

सिलिगुडी – दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भारतको सिलिगुडीको कञ्चनजंगा खेल मैदानमा भएको खेलमा नेपाल १–० गोल अन्तरले विजयी भएको हो ।

नेपालका लागि निर्णायक गोल सपना लामाले गरिन् । खेलको ८७ औँ मिनेटमा गोल गरेकी हुन् ।

नेपालले उद्घाटन खेलमा भुटानलाई ८—० र बुधबार भएको खेलमा माल्दिभ्सलाई ९— ० ले फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा पाकिस्तान भने सहभागी भएको छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल