उपराष्ट्रपति पुनबाट सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन

पुस १५  |   DNN

उपराष्ट्रपति पुनबाट सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन

सुनसरी – एक साता अघि सुरु भएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको छ । शुक्रबार उपराष्ट्रपति ननदबहादुर पुनले प्रतियोगिताको समापन गरेका हुन् । समापन सुनसरीको धरानमा भएको समापन समारोहमा उपराष्ट्रपति पुनले खेलकूद व्यक्तिगत विषय भन्दा पनि सिंगो समाज र राष्ट्रको महत्वपूर्ण चिनारी र पहिचानको भएको बताए ।

उनले मानवीय मूल्य मान्यता, सामाजिक सद्भाव र भाईचारा विकास गर्न तथा शारिरीक र मानसिक रुपले स्वस्थ नागरिक तयार गरी खेलको माध्यमबाट समाजमा शान्ति कायम गर्दै राष्ट्रको प्रगति र अन्तर्राष्ट्रिय जगतसम्म देशको पहिचान र राष्ट्रिय चिनारी गराउन खेलकूदको विकास आवश्यकता भएको बताए ।

पदक विजेता खेलाडीहरुलाइ बधाइ दिदै उपराष्ट्रपति पुनले विभिन्न समस्याका बाबजुद पनि खेलाडीहरुले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको भन्दै प्रशंसा पनि गरे ।

‘खेलकूदको माध्यामबाट पटक पटक नेपालको झण्डा अन्तर्राष्ट्रिय जगतमा फहराउनु हुने सबै खेलाडीहरुको उच्च सम्मान गर्न चाहान्छु । खेलकूद् र खेलाडीहरुलाई यथोचित प्रोत्साहन दिंदै विश्व प्रतियोगिताहरुमा समेत नेपाली खेलाडीहरुको बलियो उपस्थिति हुने वातावरण निर्माणको जिम्मा राज्यको हो । यसतर्फ ध्यान दिन सम्बन्धित सरोकारवाला सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

फरक प्रशंगमा उपराष्ट्रपति पुनले संविधान कार्यान्वयन, बलियो राष्ट्रिय एकता निर्माण र समृद्ध राष्ट्र निर्माण अहिलेका प्रमुख कार्यभार भएको बताए । उनले भने ‘२०७४ माघ ८ गतेभित्र स्थानीय, प्रदेश र संघ गरी तीन तहको निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्नेछ । जसरी सबैको एकतामा यो राष्ट्रिय खेलकूद सम्पन्न भयो, त्यसैगरी सरकार, सबै राजनीतिक दल र हामी सबै नेपालीकाबीच नयाँ एकता कायम गरी संविधान कार्यान्वयनका क्रममा उत्पन्न कतिपय असहमति र असहमझदारीहरुलाई हटाउँदै देशलाई निर्वाचनमा लैजानुपर्छ ।’

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल