ट्रम्पले मनपराएका यी ‘सेक्सी’ टेनिस स्टारले लिइन् अचानक सन्यास

पुस १५  |   एजेन्सी

ट्रम्पले मनपराएका यी ‘सेक्सी’ टेनिस स्टारले लिइन् अचानक सन्यास

संसारकी सबैभन्दा ‘सेक्सी’ टेनिस स्टार एना इवानोविचले २९ वर्षको उमेरमा टेनिसबाट सन्यास लिएको घोषणा गरेकी छिन् ।

फेसबुकमा गत बुधबार लाइभ भिडियोमार्फत उनले सो कुराको घोषणा गरेकी हुन् । उनले भनिन्, ‘यो निर्णय लिन निकै कठिन थियो तर मैले यस्तो गर्नैपर्यो । अन्तर्राष्ट्रिय टेनिस खेल्नका लागि मानसिक र शारिरिक रुपमा पनि बलियो हुनुपर्छ तर मलाई लाग्छ म अब पहिले जस्तो बलियो छैन । त्यसकारण मैले सन्यास लिने घोषणा गरें ।’

एना इवानोविचको खेल, सुन्दरता र स्टाइलका लागि चर्चित छिन् । अमेरिकाका नवनिर्वाचि राष्ट्रपति ट्रम्पले पनि उनलाई संसारको सबैभन्दा सेक्सी महिलाको उपाधि दिइसकेका छन् । एनाको यस्तो निर्णयमा ट्रम्पले केही प्रतिक्रिया भने दिएका छैनन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल