अण्डरटेकरलाई काँक्रोसँग डर लाग्छ, थाहा पाउनुस् रहस्यमयी उनका रोचक तथ्य

पुस १४  |   एजेन्सी

अण्डरटेकरलाई काँक्रोसँग डर लाग्छ, थाहा पाउनुस् रहस्यमयी उनका रोचक तथ्य

डेडम्यान भनिने अण्डरटेकर रोयल रंबलमा धमाकेदार प्रवेश गर्दैछन् । अण्डरटेकरको जीवन सधैं रहस्यमयी रहेको छ । उनको जीवनसँग जोडिएका केही तथ्यबारे यहाँ जानकारी दिइएको छ ।

– सबैभन्दा डरलाग्दो रेसलरमध्येका एक अण्डरटेकरलाई एउटा कुरासँग मात्र डर लाग्छ, त्यो हो– काँक्रो ।

– डब्लूडब्लुईलाई दिएको यो अन्तर्वार्तामा उनले भनेका थिए, ‘मैले यदि कतै काँक्रो देखें भने, म अर्को दिन घरबाट निस्किँदिनँ ।’

– एक पटक उनलाई एक व्यक्तिले उनको टोपीमुनी काँक्रो लुकाइदिएका थिए जुन देखेपछि उनी बेस्सरी चिच्याएका थिए ।

– पहिलो फाइटमा अण्डरटेकरको नाम ‘टेक्सस रेड’ थियो । हारेपछि उनले आफ्नो नाम परिवर्तन गरेर अन्डरटेकर राखेका थिए ।

तीन विवाह, चार बच्चाः

– अण्डरटेकरले तीन विवाह गरेका थिए । उनीहरुबाट उनका चार बच्चा भए । जोडीबाट छोरा गुनर विन्सेन्ट, साराबाट छोरी चासे, ग्रासी भए भने मिचेल मेकुलबाट उनकी कान्छि छोरी किया फेथको जन्म भयो ।

अण्डरटेकरले एक पटक डब्लुडब्लुइको बाहिर कर्ट एंगलको घाँटी थिचिदिएका थिए जसको उनको लगभग ज्यान गएको थियो ।

डब्लुसीडब्लुमा पहिलो ‘एग म्यान’ बनेर अण्डरटेकरले डेब्यु गर्न सोच बनाएका थिए ।

– ब्राजिलियन ज्युजित्सूमा ‘ब्ल्याक बेल्ट’ हुन् अण्डरटेकर ।

– अण्डरटेकरको जँम सन् १९६५ को मार्च २४ तारिखमा भएको थियो । उनको पूरा नाम मार्क विलियम के लावे हो ।

‘ब्रदर अफ डिस्ट्रक्सन’

उनले ‘ब्रदर अफ डिस्ट्रक्सन’ मा आफ्नो सौतेनी भाइ केनसँग मिलेर सात पटक ट्याग टिम च्याम्पियन हुने गौरव हाँसिल गरे । जुन एक रेकर्ड हो ।

२२ जीत र….

७ अप्रिल सन् २०१४ मा रेसलमेनिया इभेन्टमा ब्रोक लेसनरले अण्डरटेकरलाई हराइदिए । योभन्दा पहिले अण्डरटेकरले लगातार २१ फाइट जिते । जुन रेकर्ड हो ।

डेडम्यान सिक्रेटः

अण्डरटेकरलाई डब्लुडब्लुईमा रेकडए जीत र खतरनाक मुभ्सका कारण प्रशंसकले डेडम्यान भन्ने गर्दछन् ।

१०० भन्दा बढि उपाधिः

अण्डरटेकरले डब्लुडब्लुई करियरको क्रममा १०० भन्दा बढि उपाधि हाँसिल गरेका छन् । उनी डब्लुडब्लुइ इतिहासका सबैभन्दा सफल पहलवान मानिन्छन् ।

विश्व विजेताः

अण्डरटेकर एउटा यस्ता पहलवान हुन् जसले डिसेम्बर १९९१ देखि सेप्टेम्बर १९९३ सम्म कुनै खेल नगुमाई तीन विश्व हेभीवेट च्याम्पियनशिपको उपाधि हाँसिल गरे जुन एक विश्व रेकर्ड हो ।

हलिउड कनेक्सनः

अण्डरटेकरको करियरमा दुई हलिउड फिल्म – सुबर्बन कमान्डो र बियोन्ड द म्याट रहेका छन् ।

यसका साथै उनले तीन टेलिभिजन श्रृङ्खला गरे ।

करियरमा १ हारः

डब्लुडब्लुईको करियरको क्रममा रेसलमेनिया इभेन्टमा उनले एकपटक मात्र हारे । ब्रक लेसनरसँग ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल