शुन्य लागतमा मलेसिया लगायत खाडी मुलुकका ६ राष्ट्रमा नीति बनाएर चर्चामा आउनुभएको थियो । अहिले कोरियाका मानव संसाधन बिभाग प्रमुख प्राध्यापक योङ बुक पार्कसँग पनि शुन्य लागतमा छलफल गर्नुभयो ?
हैन, कोरियाका बिषयमा शुन्य लागत नभनै न्युन लागतको बिषयमा छलफल गरिएको हो । नेपाली कामदारले नेपालमा गरिने बिमा, मेडिकल, श्रम कल्याणकारी कोष यी सबै कामदारले नै तिर्नुपर्छ । कोरियामा आउँने नेपाली कामदारका बिषयमा पनि फ्रि टिकटका बिषयमा कुरा उठान गरेको छु । र भने नेपाली कामदारका नीम्ति श्रमकोटा बढाउँन पनि छलफल भएको छ ।
यस बिषयमा छलफल गरेको छु । कसरी र कुन मापदण्डबाट हामीले प्राप्त गर्न सक्दछौँ यस बिषयमा बिस्तृत अध्ययन गरेर हामीले पहल गर्नुपर्दछ । मैले पनि मानव संंसाधन बिभागमा यस कुरालाई उठान गरेकै छु ।
रोजगार प्रक्रिया प्रणाली लागु भएका १५ राष्ट्रको लागि नीति त एउटै हुन्छ । अहिले हामीले गरेको श्रम सम्झौता नभई श्रम नविकरण हो । बरु आउँन लाग्ने टिकटका बिषयमा अनुरोध गरिएको थियो । यस बिषयमा उहाँहरुले अहिले १५ राष्ट्रमा नै नदिएकोले यसमा अलि अप्ठयारो हुँने बताउनुभयो । तै पनि मैले पहिला रोजगारदाताले टिकट उपलब्ध गराई पछि तलब बाट कट्टा गराउँन उपयुक्त हुँने धारणा राखेको छु ।
कोरियामा आएपछि म श्रमसहचारीको पहलबाट एक कम्पनीमा गएको थिएँ, जुन कम्पनीमा नेपाली कामदार २२ जना रहेछन् । मैले सबै नेपालीसँग भेटे । सबैको राम्रो नै रहेछ । अनि कम्पनीको मालिकसँग पनि भेटे । उनले नेपाली कामदार मेहेनती र ईमान्दार हुँने हुँदा आफनो रोजाई नेपाली नै भएको बताए । बरु नेपालीहरुले तीन चार बर्षसम्म एउटै कम्पनीमा कामगर्दा निराश पर्ने हुँने हुँदा परिवारलाई पनि केहि समय ल्याउँन पाए हुन्थ्यो भन्ने कुरा उठान गर्नु भएको थियो यस बिषयलाई पनि उठान गरेको थिएँ । यस बिषयमा उहाँहरु सकारात्मक हुँनुहुन्छ ।
हैन–हैन, त्यस्तो बिल्कुलै होईन । हामीले जुन कुरालाई पनि सकरात्मक तरिकाले लिनुपर्छ । अहिलेको अबस्थाले हामीलाई बाध्यता भनौँ या अहिलेको समय भनौँ । खासमा यो बेलामा युवाशक्तिलाई देशमै उपयोग गर्नुपर्छ । हामीले पनि यस बिषयमा सोचीरहेका छौँ । जस्तो पायो त्यही कम्पनीमा गएर समस्यामा पर्नुभन्दा फ्रि भिषा र फ्रि टिकटका माध्यमबाट यो समस्या घट्छ । जसले गर्दा नेपालीहरु नेपालमै केहि गराँै न भन्ने केहि मानसिकता पैदा गर्दछ ।
अब हामीले छिट्टै लेबर बैङ्क खोेल्दै छौँ । जसले गर्दा कुनै नेपाली बैदेशीक रोजगारमा जानका लागि लेबर बैङ्कमा खाता खोलेपछि मात्र श्रम स्वीकृति हुन्छ । त्यही बैङ्कबाट उसले कर्जापनि प्राप्त गर्दछ र बिदेशमा कमाएको पैसापनि त्यही बैङ्कबाट भुक्तानी हुन्छ । भोली बैदेशीक रोजगारबाट फर्केपछि केहि गर्छु भन्ने अठोट लिन्छ भने उसलाई उचित ब्याजदरमा कर्जापनि प्राप्त हुन्छ । जसले हुण्डी कारोबार निश्चय नै ठप्प हुनेछ । शुन्य लागतले पनि अबश्य हुण्डी कारोबार रोक्न मद्दत गर्दछ ।
रोजगारसँगै सजिलो–गाह्रो सबै कुरामा संघर्ष गर्नु पर्दछ । तपाईको मिडियाबाट म बिश्वमा छरिएर रहेका नेपालीलाई के भन्न चाहन्छु भने हामी काममा लगनशार बनौँ, संघर्ष गर्न सिकौँ । हामी कुनै देशमा रोजगार गर्न जादै छाँै भने पहिला तिमीहरुले लगानी गराउ अनी बल्ल हामी आउँछौँ भन्ने बाताबरण श्रृजना गराउँन लागेको छु । जहाँसम्म पुरा गराएरै छाड्छु ।
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..