भारतले गरेको अघोषित नाकाबन्दीका कारण अन्य भन्सार नाका जस्तै कैलाली भन्सार नाकामा पनि त्यसको असर प¥यो । बजारमा पेट्रोलियम पदार्थको स्थिति सहज भएको छैन । पछिल्लो पटक यो नाका सहज बन्दै गएको छ । तर, समस्या ज्युँका त्युँ छ । यही नाका भएर पहिलो पटक मोटरसाइकल भित्रिएका छन। यसले राजश्व असुलिमा सहयोग पुगेको छ । प्रथम चौमासिक अवधिमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको कैलाली भन्सार कार्यालयले दोस्रो चौमासिकको पहिलो महिनामा लक्ष्यको झण्डै दोब्बर राजश्व संकलन गर्न सफल भएको छ । यसै सन्दर्भमा केन्द्रीत रहेर रातोपाटीका लागि टंक कुवँरले कैलालीका प्रमुख भन्सार अधिकृत हरिप्रसाद पाण्डेयसँग गरेको कुराकानीको सम्पादित अंश
भारतले गरेको अघोषित नाकाबन्दीले कैलाली भन्सार कार्यालयमा कत्तिको असर परेको छ ?
कैलाली भन्सार कार्यालय अन्य भन्सार कार्यालय भन्दा अछुतो रहेन । देशका अन्य भन्सार कार्यालय जत्तिकै पीडित छ । यो नाकाबाट पेट्रोलियम पदार्थ आशिंक रुपमा भित्रिरहेको छ । जत्ति भित्रिनु पर्ने हो त्यति भित्रिएको छैन । अहिले यो नाकाबाट मालबहाक गाडीहरु भित्रिने क्रम बढ्दो छ ।
यो नाका भएर पेट्रोलियम पदार्थ कति परिमाणमा भित्रिरहेको छ ?
दैनिक रुपमा पेट्रोलियम पदार्थ भित्रिरहेको छैन । कुनै दिन बढी र कुनै दिन कम मात्रामा पेट्रोलियम पदार्थ बोकेका गाडीहरु भित्रिने गरेका छन। समग्रमा भन्नु पर्दा माग अनुसारको भित्रिरहेको अवस्था छैन्।
भन्सार कार्यालयको लक्ष्य अनुसार राजश्व असुली भइरहेको छ कि छैन ?
मंसिरको महिनामा लक्ष्यको झण्डै दोब्बर राजश्व संकलन भएको छ । चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा संकलन भएको राजश्वलाई हेर्ने हो भने यो महिना लक्ष्यको झण्डै दोब्बर राजश्व संकलन भएको छ । प्रथम चौमासिकमा लक्ष्य अनुसार राजश्व संकलन नभएको अवस्था छ । टिकापुर घटनापछि लागेको कफ्र्युले मोबिलिटी घट्नुको कारणले पनि होला ।
यो महिनामा कैलाली भन्सार नाका भएर मोटरसाइकल भित्रिएका छन् । यो भन्दा अघि कहिल्यै भित्रिएका थिएनन् । यसले पनि राजश्व संकलनमा बृद्धि भएको हो । देशका अन्य नाका जस्तै यो नाकाबाट मोटरसाइकल भित्रिने हो भने चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन हुन्छ होला ।
यो नाकामा सामान आयातमा कत्तिको अप्ठेरो छ ?
हामीले यो नाकाको ढोका खुला गरेका छौं । सामान आयातमा हामीले अप्ठेरो गरेका छैनौं ।
निर्यातको अवस्थाका बारेमा भन्नु पर्दा कैलाली भन्सारबाट निर्यात हुने बस्तु के–के हुन् ?
निर्यातको अवस्था नाजुक छ । यो नाकाबाट निर्यात हुने बस्तु भनेको रोजिन हो ।
भन्सार हाताभित्र गाडीहरु पार्किङ भएका धेरै देखिन्छन् नि ?
गाडी आएर भन्सार परिसरमा पार्किङ गरिएका छन् । लोड भएर जान्छन् । सबै नाकामा अवरोध भएकोले यताबाट भित्रिरहेका छन्।
भन्सार कार्यालयको बार्षिक राजश्व लक्ष्य बताइदिनुस न ?
चलु आर्थिक वर्षमा कैलाली भन्सार कार्यालयलाई रु. एक अर्ब ७१ करोड लक्ष्य दिइएको छ ।
अन्त्यमा तपाईको भनाई के छ ?
आयात भन्दा निर्यातलाई बढी जोड दिनुपर्छ । निर्यातलाई प्राथमिकता दियो भने बढी लाभ हुन्छ । कैलालीका सत्ती र पृथ्बीपुर छोटी भन्सारको स्त्तरोन्नतीको पहल भइरहेको छ । यसको स्त्तरोन्नतीका लागि सरकारले निर्णय गर्नुपर्छ ।
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..